इटहरी । ३२औं राष्ट्रिय कृषि अनुसन्धान परिषद नार्कको स्थापना दिवस सुनसरीमा पनि सरसफाई र वृक्षारोपण कार्यक्रमको आयोजना गरि मनाइयो । कार्यलयको पुर्व गेट वाट निवास, वाटो, वगैचा हुदै पश्चिम पुर्व गेट सम्म कार्यलयका कर्मचारीहरु दुवारा सरसफाई गर्नको साथै फलफुलको विरुवा रोपेर स्थापना दिवस मनाएको हो। ,
कृषि अनुसन्धान निर्देशनालय तरहराको आयोजनामा नार्क दिवसको अवसर पारेर निर्देशनालय परिषरमा सरसफाई र बागबानी क्षेत्रमा वृक्षारोपण गरिएको हो ।
सो अवसरमा जथाभावी रुपमा कृषि उत्पादन हुने जमिनमा फोहोरमैलाका रुपमा प्लाष्टिकहरु फैलिएर उत्पादनमा ह्रास आउने हुदाँ यस्ता फोहोर हुन दिनु नहुने कृषि निर्देशनालय कोशी प्रदेश तरहराका निर्देशक केशव प्रसाद श्रेष्ठले जानकारी गराउदै विभिन्न अवसरमा वृक्षारोपण गर्नु पर्नेमा जोड दिए । निर्देशनालयले बाली ,बागबानी , पशु , माछा , पंक्षी घाँसका जातहरुको अनुसन्धानका क्षेत्रमा काम गर्दै आएको छ ।




















