इटहरी । १६१औं विश्व रेडक्रस दिवसको अवसर पारेर सुनसरीको इटहरीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन ।
नेपाल रेडक्रस सोसाइटी इटहरी र जीवन विज्ञान इटहरीको संयुक्त आयोजना रहेको रक्तदान कार्यक्रममा ७५ जना महिला पुरुषले रक्तदान गरेका हुन ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलको प्रमुख आतिथ्य र नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति दिनेश भट्टराईको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको थियो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको कार्यक्रम संयोजक हिरा आचार्यले जानकारी दिए ।
सो कार्यक्रममा जीवन विज्ञानका कोशी प्रदेश संयोजक केदारमान कार्की लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















