इटहरी । सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आयोजनामा ब्रिज कोर्श तथा भाषा शिक्षण कक्षा सञ्चालन गर्दै आएकाहरुलाई अझ व्यवस्थित रुपमा सञ्चालनमा सहयोग पुर्याउने उद्धेश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।
सुनसरीको इटहरीमा सुनसरी र मोरगंमा रहेका ब्रिज कोर्श तथा भाषा कक्षा सञ्चालन गर्दै आएका शैक्षिक परामर्श दिदै आएका संस्थाहरुलाई सहभागिता गराएर अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।
सो क्रममा मन्त्रालयका कानुन अधिकृत निर्मल भट्टराईले ब्रिज कोर्श तथा भाषा शिक्षण कक्षा सञ्चालन सम्वन्धी निर्देशिकाको विषयमा सहजिकरण गरेका थिए ।
सो कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव बासुदेव दाहालले सरोकारवालाहरुसंगै बसेर छलफल गरेर निस्कर्ष निकालले गरिने गरिए झै यहाँ पनि सरोकारवालाहरुलाई समावेश गरेर अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी गराए ।
नेपाल शैक्षिक परार्मश संघ पुर्वाञ्चलको सहकार्यमा आयोजना गरिएको सो अभिमुखिकरण कार्यक्रम शैक्षिक परार्मश प्रदान गर्दै आएका तथा भाषा कक्षा सञ्चालन गर्दै आएका संस्थाहरुका लागि फलदायी भएको इक्यान पुर्वाञ्चलका सल्लाहाकार कमल तिम्सिना र ब्रिटिश एजुकेशनका प्रवन्ध निर्देशक नरेन्द्र दंगालले वताए ।
कार्यक्रममा सुनसरी र मोरगंमा शैक्षिक परामर्श तथा भाषा कक्षा सञ्चालन गर्दै आएका संघसंस्थाहरुको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




















