धनकुटा । धार्मिक तथा शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै साङ्गावेत संस्कृत माध्यमिक विद्यालय दमकका संस्थापक अध्यक्ष पण्डित केदार खतिवडालाई नगद ५५ हजार ५सय ५५ रुपैया रासीको बद्रीरत्न स्मृति पुरस्कारले सम्मान गरियो ।

  बद्रिरत्न स्मृति प्रतिष्ठान इटहरीले धनकुटाको विश्रान्ती मन्दिरमा एक कार्यक्रमको आयोजना गरि खतिवडालाई शैक्षिक क्षेत्रको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।IMG20230507111518 (1)

   सम्मानीत खतिवडालाई रथारोहण सहित  प्रतिष्ठानका अध्यक्ष शारदा प्रसाद मिश्र ,महासचिव प्रा.डा.तिर्थ प्रसाद मिश्रले सम्मान गरेका हुन । 

त्यसै गरी प्रतिष्ठानले धनकुटाको विश्रान्ती मन्दिर , राधाकृष्ण मन्दिर इटहरी , मिश्रवंश प्रतिष्ठानलाई ३१ हजारका दरले धर्म संस्कृतिका क्षेत्रमा पुर्याउदै आएको योगदानको कदर गर्दै सम्मान गरियो ।