धनकुटा । पुर्वी पहाडी जिल्ला धनकुटामा रहेको ऐतिहासिक धार्मिक महत्व बोकेको बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको नेपाली सेनाले निर्माण गरेको मुल प्रवेशद्धार एक कार्यक्रम गरी उदघाटन तथा हस्तान्तरण गरेको छ ।
बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको प्रवेशद्धार नेपाली सेनाको श्री भिमदल गणद्वारा क्युआईपि शिघ्र प्रभावी योजना अन्तर्गत निर्माण गरी हस्तान्तरण गरिएको हो ।
नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर तथा श्री नम्वर २ बाहिनी अड्डाको विशेष पहल एवं नेपाली सेनाको शिघ्र प्रभावी योजना अन्तरगत आर्थिक वर्ष २०७९÷८० मा विनियोजित बजेटबाट श्री भिमदल गण सल्लेरी व्यारेक धनकुटाद्वारा निर्मित प्रवेशद्धारको पृतनापति उपरथी आशबहादुर तामाङ लगायतले उद्घाटन गनूु भएको हो ।
प्रवेशद्धारको उद्घाटन पछि नेपाली सेनाले मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
जिल्लाको मुख्य बजारको रूपमा रहेको हिले वजार नजिकै रहेको मन्दिरे केही भित्र रहेकाले मन्दिर जाने बाटो भेट्न शहज होस भन्ने उद्देश्यका साथ मन्दिर प्रवेश गर्ने सहायक बाटोमा मुल प्रवेशद्वार निर्माण गरेको नम्वर २ बाहिनी अड्डाका बाहिनी पति सहायक रथी महेश कुमार थापाले जानकारी दिनुभयो । 
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको प्रवेशद्धार २०७९ कार्तिक ३ गते सिलान्यास गरेको मन्दिरको चैत्र १० गते निर्माण कार्य सम्पन्न गरिएको र १० लाखको लागतमा प्रवेशद्वार निर्माण गरेको भिमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले बताउनु भयो । उनले प्रवेशद्धारले धनकुटाको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने समेत वताउनु भयो ।
प्रवेशद्धार उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम , धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङ्ग, नेपाली सेनाको नम्वर २ बाहिनि अड्डाका बाहिनि पति सहायक रथी महेश कुमार थापा, धनकुटा नगरपालिका वडा नम्वर १ का अध्यक्ष वाग्दी तामागं , मन्दिर व्यावस्थापन समिति अध्यक्ष लालचन गोग्वा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















