इटहरी । कृषी तथा गैर कृषीमा मुल्य शृङखला बिकास मार्फत महिलाहरुको आर्थिक शशक्तीकरण विषयक परियोजना बारे इटहरीको पाथिभरा इन होटलमा परामर्श तथा दोस्रो छलफल सम्पन्न भएको छ ।

चौधरी ग्रुपको आयोजना,विश्व बैँकको सहयोग र उद्योग वाणिज्य संघ इनरुवाको समन्वयमा महिलाहरुको आर्थिक शशक्तीकरण सम्बन्धमा परामर्श तथा दास्रो बैठक सम्पन्न भएको हो ।

महिला उद्यमीहरुले सञ्चालन गरेको उद्योगबाट उत्पादित सामाग्रीको बजारिकरण,समस्या तथा समाधान लगायतका विषयवस्तुमा केन्द्रीत रहेर परामर्श तथा छलफल गरिएको थियो । IMG_20230506_125531

उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र कुमार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला उद्यमीहरुद्धारा सञ्चालित उद्योगबाट उत्पादित सामाग्रीहरुको अवस्था,चुनौतीका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बुटिक,सिलाइ आइटम,डल,कुशन बनाउने,कपडाको झोला,अगरबत्ती बनाउने जस्ता घरेलु उद्योग सञ्चालन गर्दै आएका ३० जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।