इटहरी उपमहानगरपालिकाले भु उपयोगा क्षेत्र वर्गीकरण अनुसारको नियमावली कीत्ताकाट सम्बन्धी विवरण २०८० स्थानीय राजपत्रमा प्रकाशन गरेको छ । उपमहानगरपालीकाले एक सुचना जारी गर्दै जग्गा वर्गीकरणको नतिजा प्रकाशन गरेको जानकारी गराएको हो । वर्गीकरणको नतिजा प्रकाशनसँगै इटहरीमा जग्गाको कित्ताकाँट खुलेको हो । भुउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ बमोजीम इटहरी उपमहानगरपालीकाको स्थानीय भु उपयोग परीषदको बैठकको नीर्णय अनुसार स्वीकृत भुउपयोग वर्गीकरण अनुसारको कित्ताकाट वीवरण २०८० स्थानीय राजपत्रमा प्रक्राशन गरेको जनाएको हो । वर्गीकरणका लागि बनाइएको स्थानीय भूउपयोग परिषद्ले कृषि, आवासीय, व्यवशायीक, औद्योगिक, वन, सार्वजनिक, नदीखोला, साँस्कृतिक क्षेत्रमा जग्गाको वर्गीकरण गरेको छ । उपमहानगरपालिकाले प्रकाशन गरेको नतिजा अनुसार इटहरी नगर क्षेत्रभित्र आवासिय कित्ता ४१ हजार १ सय ५७ रहेका छन् । औद्योगिक प्रयोजनका ३ सय ९२ कित्ता छन् । यस्तै व्यवशायीक क्षेत्रका १७ हजार १ सय ६० वटा कित्ता छन् भने कृषिका जम्मा तीन हजार २ सय ८४ कित्ता रहेका छन् । यस्तै वडा नं. २ मा एउटै मात्र वन क्षेत्र रहेको छ भने ७ सय १ वटा कित्ता सार्वजनिक, १ सय २३ वटा कित्ता नदी, खोला, सिमसार, ३५ वटा कित्ता साँस्कृतिक तथा पुरातात्विक छन् ।