धनकुटा । आज बैशाखे पूर्णिमा वा चण्डी पूर्णिमा भगवान गौतम बुद्धको २५६७ औं जन्मजयन्तीको  अवसर पारेर धनकुटामा विभिन्न कार्यक्रम गरि मनाइयो ।

२४ बर्ष पछि चण्डिपुर्णे मेला (रगरगे)लाई  निरन्तता दिदै  छथरजोरपाटी गाउँपालिका वडा नम्वर ६ ले फस्ट सिधुवा रन २०८० शुरूवात भएको छ । 

सिधुवा रन टेन के खुल्ला पुरूष तर्फ र सात किलोमिटर खुला महिला तर्फको दौड प्रतियोगिताको गाउँपालिका अध्यक्ष छत्र सुब्बा,  उपाध्क्ष गिताखेवा, वडा नम्वर६ का अध्यक्ष दिपक गुरूङ्ग लगायतले रिवन काटेर उद्घाटन गर्नु भएको हो । उक्त प्रतियोगितामा भोजपुर जिल्ला हतुवागढि गाउँपालिका निवासि धरान रन समुहका छेन्बीमाया राई पहिलो, भोजपुर जिल्ला राम प्रसाद राई गाउँपालिकाका खेलाडी जुलिन राई दोस्रो, भोजपुर जिल्ला राम प्रसाद राई गाउँ पालिकाका जुहि राई तेस्रो र खुल्ला पुरूष तर्फ जुम्लाका प्रकास कठेत प्रथम तेह्रथुमका सरोज लिम्बू दोस्रो र धरानका प्रसान्त तामाङ्ग तेस्रो भएका छन् ।vlcsnap-2023-05-05-15h18m19s746

खुला पूरूष १० किलोमिटर दुरीको दौड प्रतियोगितामा पहिलो हुने विजयि खेलाडिले ट्रफि, मेडल र प्रमाणपत्रका साथमा  नगद २५ हजार २२५ , दोस्रो हुनेले २० हजार ११५, तेस्रो हुनेले १५ हजार ११५ र खुला महिला सात किलोमिटर दौड प्रतियोगितामा पहिलो हुने १५ हजार १२५, दोस्रो हुनेले १० हजार ११५, तेस्रो हुनेले पाँचहजार ११५ रूपैयाँ पुरस्कार पाएका छन् । 

२४ बर्ष अगाडि मनाउदै आएको चण्डिपुर्णे रंगरगे मेलाको २५६७ औं बुद्दजयन्तिको अवसर पारेर विभिन्न कार्यक्रमका साथमा पुन मेला शुरू गरिएको फुर्चिलिङ गोन्पा मन्दिर व्यावस्थापन समितिका अध्यक्ष ग्यालजे शेर्पाको भनाई छ । 

सुस्ताएको सिधुवा बजारलाई चलायमान बनाउनुका साथै लोप हुदै गएको धर्म, संस्कृतिको जगेर्नाकालागि रगरगे मेलाको आयोजना गरि दौड र धान नाँच प्रतियोगिताको आयोजना गरिएको  आयोजक समितिका संयोजक एवं छथरजोरपाटी गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष दिपक गुरूङ्गले जानकारी दिनुभयो । WhatsApp Image 2023-05-05 at 13.56.04

दशबर्षे जनयुद्दसँगै विभिन्न कारणले स्थगित भएको रगरगे मेला २४ बर्ष पछि शुरू गरि धनकुटा जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक प्रबर्द्धन का लागि मेलाको शुरूवात गरिएको छथरजोरपाटी गाउँपालिका उपाध्यक्ष गिता गुरूङ्ग खेवा बताउनु हुन्छ ।WhatsApp Image 2023-05-05 at 13.34.50

सिधुवा हिलटप होटल देखि शुक्रबारे स्थित चप्परि चोकबाट पुन सिधुवा हिलटपसम्मको १० किलोमिटर दुरि र सात किलोमिटरको दुरीका दौड  प्रतियोगिता सम्पन्न भएको छ ।

खुल्ला पुरूष प्रतियोगिता र खुला महिला प्रतियोगितामा धनकुटा, जुम्ला, तेह्रथुम, संखुवासभा, सुनसरी, झापालगायतका जिल्लाका खेलाडीहरूको उपस्थिति रहेको थियो ।