इटहरी । इटहरी अस्पतालमा २४ सै घण्टा इमर्जेन्सी उपचार सेवा संचालनमा आएको छ । सामान्य उपचारका लागी पनी इटहरी अस्पतालबाट रेफर लिएर अन्यत्र जानुपर्ने बाध्यता शुक्रबार देखी हटेको हो ।  इटहरी अस्पतालमा आकस्मिक कक्ष, ल्याब र फार्मेसी सेवा सुरु भएको हो ।

 अहिले १५ सै¥याबाट आकस्मिक सेवा दिन थालिएको छ भने अस्पतालको निर्माणाधिन भवन बनिसकेपछि सैय्या थपिनेछ । अहिले फार्मेसीमा सीमित औषधी भएपनि एक महिनाभित्रमा पर्याप्त औषधीको व्यवस्था गरिने समेत बताइएको छ । vlcsnap-2023-04-28-17h54m21s572एक वर्षभित्रै आइसियू, एनआइसियू र भेल्टिलेटरकोसमेत व्यवस्था गरिने साथै २४ सै घण्टा स्तरीय स्वास्थ्य सेवा लिनको लागि धरान वा विराटनगर जस्ता शहर जानुपर्ने इटहरीवासीको बाध्यतालाय मध्यनजर गर्दै इटहरी अस्पताललाइ नै व्यवस्थीत गरिएको बताइएको छ । सेवाको औपचारिक उद्घाटन गर्दै इटहरी उपमहानगरपालीकाका मेयर हेमकर्ण पौडेलले इटहरीको स्वास्थ्य प्रणाली मकमजोर अवस्थामा रहेको बेला आफुसँग भएको अस्पताललाइ व्यवस्थीत गर्ने प्रयत्न स्वरुप २४ सै घण्टा विसेषज्ञ सेवा पाउने व्यवस्था गरिएको बताएका छन । उनले २०८० सालभित्र इटहरीवासीले आफ्नो बिमाको औषधी लीन धरान बीराटनगर धाउन नपर्ने बताएका छन । vlcsnap-2023-04-28-17h53m41s808

अहिले इटहरी अस्पतालमा चार जना विशेषज्ञ चिकित्सक हाडर्जोनी, स्त्री रोग, बालरोग र फिजिसियन थप गरेर सेवा दिन थालिएको छ । इटहरीका नागरिकलाई छिट्टै आइ सियु र भेन्टिलेटर सहितको स्वास्थ्य सेवा प्रदान गर्न नगर सरकार प्रतिबद्ध रहेको नगरप्रमुख हेमकर्ण पौडेलले जनाएका छन । vlcsnap-2023-04-28-17h53m56s018

हालै इटहरी अस्पतालमा चार जना विशेषज्ञ चिकित्सकहरुले समेत सेवा दिन थालेका थिए । हाडर्जोनी, स्त्री रोग, बालरोग र फिजिसियन डाक्टरहरुका साथै छ जना मेडिकल अधिकृत छन् । आवश्यकता अनुसार अरु चिकित्सक र मेडिकल अधिकृत थप गरिने योजना रहेको अस्पताल प्रमुख दामोदार गौतमले बताएका छन । 

इटहरीमा बढ्दो जनघनत्व र आवश्यक स्वास्थ्य सेवाको पहुच विस्तार नभएको गुनासो आइरहेको समयमा इटहरी अस्पतालबाट २४ सै घण्टा सेवा सञ्चालन भएपश्चात इटहरी साथै आसपासका क्षेत्रका वासीन्दालाइ पनी सहज हुने अनुमान गरीएको छ ।