सुन्दरहरैचा । आफनो संस्थाबाट सिप सिकेर आत्म निर्भर वन्न सफल दश जना महिलाहरुलाई प्रगति महिला समाज सुन्दरहरैचाले सम्मान गरेको छ ।

    प्रगति महिला समाजले २०७४  साल देखि २०७९ साल सम्म महिलाहरुलाई आत्मनिर्भरताका लागि सिकाएको सिपका माध्यमबाट आत्मनिर्भर वन्न सफल दश जना महिलाहरुलाई कार्यक्रमका प्रमुख अतिथी निर्वतमान प्रदेश सभा सदस्य चुम नारायण तवदार लगायतले सम्मान गरेका हुन ।IMG_20230426_150514

   प्रगति महिला समाजले स्थानीय तह साथै विभिन्न सांसदहरुको संसद कोषको सहयोगमा सञ्चालन गरेका तालिममा सहभागीहरु मध्ये व्यवसायी तथा प्रशिक्षक वन्न सफल दश जना महिलालाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । IMG_20230426_145450सम्मानित हुनेहरुमा नैनकला भण्डारी , रुवि श्रेष्ठ , सुषमा थापा , पर्वता गुरगाई लगायत रहेका छन । सम्मानितहरुको तर्फबाट बोल्दै सुषमा थापाले सिप सिकेर आफु व्यवसायी वन्न सफल भएको र अहिले अरुलाई पनि आफुले सिकेको सिप सिकाउदै आएको वताइन । त्यसै गरी समाजकी अध्यक्ष पार्वती गच्छदारले महिलाहरुलाई सिपका माध्यमबाट दक्ष र रोजगार वनाउने उद्धेश्यले विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको जानकारी गराइन ।IMG_20230426_150616

  कार्यक्रममा सुन्दरहरैचा नगरपालिका निर्वतमान प्रमुख शिवप्रसाद ढकाल , वडा नम्बर ४का वडाध्यक्ष कैलाश बस्नेत , वडा नम्बर ४का निवर्तमान वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ , वडा नम्बर २का निवर्तमान वडाध्यक्ष डोरीलाल चौधरी सुन्दरहरैचा नगरपालिका महिला तथा वालवालिका शाखाकी सावित्रा खड्का लगायतका अतिथीहरुको सहभागीता रहेको थियो ।