धनकुटा । सिपका माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर वनाउने उद्धेश्यले धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ८मा सञ्चालित चार दिने तालिम समापन भएको छ ।
महालक्ष्मी नगरपालिका वडा नम्बर ८को सहयोग तथा न्यु कुसुम सिप विकास प्रशिक्षण केन्द् धनकुटाको आयोजनामा महिला लक्षित कपडाबाट गमला, गलैचा, चकटी, फुलदानि, कुसनलगायतका सजावटका सामान वनाउने तालिम समापन भएको हो ।
न्यु कुसुम सीप विकास प्रशिक्षण केन्द्र धनकुटाका कार्यक्रम संयोजक कोकिला भण्डारीको अध्यक्षता तथा महालक्ष्मी नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष राम बहादुर खड्काको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र
वितरण गरियो ।
तालिम समापन कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नम्बर ८का वडा सचिव अंजय कुमार यादव, वडा सदस्यहरु लगायतको अतिथीहरुको उपस्थिती रहेको थियो ।
तालिममा महालक्ष्मी नगरपालिका वडा नम्वर ८का १२ जना महिलाहरु प्रशिक्षार्थी रहेका थिए भने तालिममा कोकिला भण्डारी र न्यु कुसुम सिप विकास प्रशिक्षण केन्द्रकी अध्यक्ष कुसुम रानाले शहजिकरण गरेका थिए ।




















