इटहरी । पठनपाठनका दृष्टिकोणले कोशी प्रदेशमा नाम कमाएको सुनसरीको इटहरीमा रहेको सुषमा गोदावरी कलेजले एक कार्यक्रम आयोजना गरी कक्षा १२का विद्यार्थीलाई विदाई गरेको छ । कक्षा १२को पढाइ सकिएर विद्यार्थी परिक्षाको तयारीमा रहेकाले आफनो कलेजमा अध्ययन गरेका विद्यार्थीलाई मायाको चिनो सहित सुषमा गोदावरी कलेजले विदाई कार्यक्रम गरेको हो ।
कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई साथै उच्च शिक्षा अध्ययनका लागि टियु अन्तरगत विईमा पुर्ण छात्रावृत्तिमा नाम निकाल्न सफल १४ जना इन्जिनियरिगंका विद्यार्थी र एमविविएस मा नाम निकाल्न सफल तीन जना विद्यार्थीलाई सम्मान गरियो । त्यसै गरी कलेजका अध्यक्ष राजेश श्रेष्ठले स्थापना गरेको रुपेन्द्र श्रेष्ठ स्मृति पुरस्कारबाट साइन्समा तर्फ अध्ययनरत १० जना विद्यार्थीलाई नगद सहित पुरस्कार वितरण गरियो ।
कलेजका निर्देशक बलराम पन्तले स्थापना गरेको डलक वहादुर पन्त स्मृति पुरस्कारबाट कक्षा ११का साइन्स तर्फका १० जना र कलेजका निर्देशक सुकदेव घिमीरेले स्थापना गरेको विष्णुप्रसाद घिमीरे स्मृति पुरस्कारबाट कक्षा १२का मेनेजमेन्ट तर्फका १०जना विद्यार्थीलाई पुरस्कृत गरिएको कलेजका निर्देशक पेशल पोखरेलले जानकारी दिए ।
कलेजले विभिन्न समयमा शैक्षिक साथै सामाजिक विकासमा योगदान पुग्ने कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।




















