इटहरी । इटहरीबाट प्रकासीत हुदै आएको पुर्वी हटलाईन दैनिकले आफनो १०औं प्रकासन वर्षको अवसर पारेर निरन्तर पत्रकारिता पुरस्कर बाट एभिन्युज खबरका सम्बादाता दिपक कार्की समाजिक क्षेत्रमा योगदान गरेको भन्दै समाजसेवि बिष्णु रिजाललाइ सम्मान गरेको छ ।
पुर्वी हटलाईन दैनिकका प्रधान सम्पादक शालिग्राम पाण्डेको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलावल्लव घिमीरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्कीलाई सम्मान गरिएको हो ।
सो अवसरमा निरन्तर पत्रिका प्रकासन गर्नु भनेको सामान्य कुरा नभएको भन्दै प्रमुख अतिथी घिमीरेले १० वर्ष देखि निरन्तर पत्रिका प्रकासन गरेर पुर्वी हटलाईनले ठुलो योगदान गरेका वताए ।
कार्यक्रममा समाजसेवी विश्व रिजाल , पत्रकार महासंघ केन्द्रीय सदस्य अमर खड्का , पत्रकार महासंघका कोशी प्रदेश महासचिव विवेक गौतम लगायतले पत्रिकालाई शुभकामना मन्त्वय राखेका थिए । कार्यक्रममा पुर्बी हट्लाइ दैनिकका सम्पादक राजन केडि साथै विभिन्न सामाजिक संस्थाका साथै संचार संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




















