धनकुटा । नयाँबर्षको शुभारम्भ सँगै पर्यटन प्रर्बद्धन गर्ने उदेश्यका साथ धनकुटा नगरपालिका वडा ६ स्थित धर्मगंगा देखि सिलढुंङ्गा पार्क सम्मको पदमार्गको उद्घाटन गरीएको छ ।
बहुधार्मिक रुपले पर्यापर्यटनमा बृद्धि गर्न स्थानीय उद्धव कटुवालको अध्यक्षतामा ११ सदस्यिय मधुगंगा शिलढुंगा पैदल मार्ग समिति गठन गरिएको छ ।
उत्त समितिको संरक्षकमा धनकुटा नगरपालिका वडा नम्वर ६ का अध्यक्ष मिलन खड्गी रहनु भएको छ ।
नवगठित समिति मार्फत धर्मगंगा कैलास नाथ मन्दिर देखि शिलढुंगा तीन किलोमिटर दुरीसम्मको पैदलमार्गको वडा नं ६ स्थित गुर्धममा नेपालको झण्डा गाँडेर अध्यक्ष खड्गीले उद्घाटन गर्नुभएको हो ।
शिलढुंगाबाट एउटा ठुलो ढुंगा झर्दा दुईवटा ज्वाला आएको र उक्त ज्वाला एउटा वडा नम्वर २ स्थित मधुगंगामा गएको र अर्को धर्मगंगामा आएकोले दिदिका रुपमा मधुगंगा र बहिनिका रुपमा धर्मगंगा रहन गएको भन्ने किवदन्ती रहेकाले पनि शिलढुंगाबाट धर्मगंगा सम्मको पैदल यात्रा शुरु गरिएको वडा अध्यक्ष खड्गी बताउनु हुन्छ । 
अध्यक्ष खड्गीका अनुसार पदमार्ग आठपहरीया समुदायको बसोबास गर्ने ठाउँमा भएकाले विभिन्न किराती संस्कृति, संस्कार र जीवनशैली बुझ्न शहज र बजारदेखि नजिकैको दुरीमा भएको कारणले पनि पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने छ ।
धनकुटा नगरपालिकाले नगरलाई धर्मिक पर्यापर्यटनबाटै चिनाउन धार्मिक पर्यटन प्रवर्दनकालागि पुर्वाधार निर्माण, पुर्ननिर्माण, शौन्र्दयकरण, संरक्षणलगायतका गतिविधि सञ्चालन गर्दै आएको नगरप्रमुख चिन्तन तामाङ्ग बताउनु हुन्छ । 
यस क्षेत्रमा बसोबास गर्ने समुदायको लागि मात्र नभएर जिल्ला कै एक प्रमुख पर्यटकीय गन्तव्य बन्ने विश्वासका साथ सबै सामु धनकुटालाई चिनाउन पदमार्ग शुरु गरिएको समितिका अध्यक्ष उद्धव कटुवालले जानकारी दिनुभयो ।
धनकुटा जिल्ला स्थित सदरमुकामका रुपमा रहेको धनकुटा नगरपालिका स्थित वडा नम्वर ६ मा नगर भरिमध्येकै बढि धार्मिक पर्यटकीय क्षेत्रका रुपले चिनिन्छ । कार्यक्रममा पूर्व वडाध्यक्ष नरेश श्रेष्ठ, वडा सदस्य पुरुसोत्तम अर्याललगायत स्थानीयको उपस्थिती रहेको थियो ।




















