इटहरी । नेपाली पात्रो अनुसार आज साल परिर्वतन भएको दिन अर्थात विक्रम संम्वत २०८० सालको पहिलो दिन नेपालीहरुले विभिन्न किसिमले नयाँ वर्ष मनाई रहेका छन । यही क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ विवेकानन्द टोलवासीले भने आफनो टोलको मुख्य चोकमा राष्ट्रिय झण्डा अनावरण गरेर मनाएका छन ।
नयाँ वर्षका दिन राष्ट्रको सम्मान गर्दै इटहरी ८ विवेकानन्द टोलवासीले आफनो टोलको मुख्य चोक क्षेत्रमा राष्ट्रिय झण्डा राखेका हुन ।
नयाँ वर्षको पहिलो दिन राम्रो र खुशियाली हुने काम गर्न सके वर्षभरी त्यस्तै हुने विश्वासका साथ उदाहरणीय काम गरेर खुशियाली मनाउने गरिन्छ । त्यसैलाई मध्यनजर गर्दै राष्ट्रको सम्मान गर्दै आफनो चोकलाई सुन्दर वनाउने उद्धेश्यले राष्ट्रिय झण्डा राखिएको वताइएको छ ।
विवेकानन्द टोल विकास संस्थाका अध्यक्ष कमलकान्त राईको अध्यक्षता तथा इटहरी नगरकार्यपालिका सदस्य दिपा राईको प्रमुख आतिथ्यमा चोकमा राष्ट्रिय झण्डा अनावरण गरिएको हो । सो कार्यक्रममा टोल विकास संस्थाका सचिव युवराज घिमिरे ,स्थानीय संघसंस्थाका प्रतिनिधि , टोलवासी लगायतको सहभागिता रहेको थियो । झण्डा अनावरण गरिसकेपछी टोलवासीहरु राष्ट्रवादी गितमा मनोरञ्जनका साथ नाच्दै नयाँ मनाए थिए ।




















