सुन्दरहरैचा । मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५मा रहेको सफल सिद्धार्थ एकेडेमीले ३०औं अभिभावक दिवस तथा विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।
एकेडेमीका अध्यक्ष कमलप्रसाद तिमसिनाको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष गणेश चौधरीको प्रमुख आतिथ्यमा अभिभावक दिवस मनाइएको हो ।
अभिभावक दिवसमा विद्यार्थीहरुले तयार पारेका विभिन्न सामाग्री साथै विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर अभिभावकहरुले मनोरञ्जन लिएका थिए ।
कक्षागत रुपमा प्रथम ,द्धितिय ,तृतिय हुने तथा विद्यालयकै उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरियो । त्यसै गरी एकेडेमीले सञ्चान गरेका विभिन्न विद्यामा समेत उत्कृष्ट हुने विद्यार्थीलाई पनि पुरस्कार वितरण गरियो भने अभिभावक दिवसको अवसरमा एकेडेमीले विद्यार्थीका जेष्ठ अभिभावकदुई जनालाई सम्मान गरेको छ ।
सम्मानित हुने ७७ वर्षिया भागिरथी घिमिरे र तुलसीराम अर्याललाई नयाँ विन्दावन गौशालाका संरक्षक गुरु दिनवन्धु शास्त्रीले दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
कार्यक्रममा एकेडेमीका स्थापक प्रिन्सीपल रमेशकुमार बस्नेत , प्रिन्सीपल सविता ढकाल लगायत आभिभावकहरुकोे सहभागिता रहेको थियो ।




















