सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ मा रहेको माउण्ट मकालु आवासीय माध्यमिक विद्यालयले प्रविधि मैत्री शिक्षामा जोड दिदै आगामी नयाँ शैक्षिक सत्र देखि डिजिटल प्रणालीबाट पठनपाठन गर्ने भएको छ ।
विद्यायलले आयोजना गरेको आगामी वर्ष २०८०को शुभकामना आदान प्रदान तथा पुरस्कार वितरण कार्यक्रममा सो कुरा जानकारी गराइएको हो ।
विद्यालयका अध्यक्ष हेमन्त कार्कीले अव आउने नयाँ शैक्षिक सत्रबाट नै डिजिटल प्रणालीबाट पठनपाठन गर्ने तयारी गरिएको र विद्यालयमा ८ सय बढी विद्यार्थीहरु पठन पाठन गराउदै आएको पनी जानकारी दिएका हुन ।
सुन्दरहरैचा नगरपालिका नगरप्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्य रहेका सो कार्यक्रममा विभिन्न तहमा प्रथम ,द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरियो । त्यसै गरी वर्षभरी सञ्चालित स्कुलका गतिविधीहरुमा सहभागी भएर पुरस्कृत हुने विद्याथीहरुलाई समेत पुरस्कार वितरण गरियो । कार्यक्रममा प्याव्सन सुन्दरहरैचाका अध्यक्ष दिपेन्द्र राई , वडा सदस्य निलम अधिकारी , विद्यालयका काउन्सीलर विनोद कुमार कार्की लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।




















