धनकुटा । स्व: दुर्गा प्रसाद दाहालको ७१ औं जन्मजयन्ती समारोह एवं सम्मान कार्यक्रम धनकुटामा सम्पन्न भएको छ । 

२०७० सालमा परिवारले ५० हजार रूपैयाँबाट शुरू भएको अक्षयकोषमा हाल विभिन्न संघसंस्थाको सहयोगमा एकलाख ३५ हजारको कोष खडा गरिएको छ । उक्त रकम धनकुटा बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटामा स्मृतिकोष व्यावस्थापन समितिको नाममा मुद्दती खातामा आवधिक राखिएको छ । 

उक्त खाताबाट बार्षिक प्राप्त हुने ब्याज बाट सम्मान रासि र प्रत्येक बर्षको कार्यक्रमको खर्च व्यावस्थापन गर्ने गरिएको सहकारीका अध्यक्ष खेमनाथ घिमिरे जानकारी दिनुभयो । 

स्व. दाहालकी धर्मपत्नि मञ्जु दाहाल कोषको संरक्षक रहेको कोषबाट २०७१ सालदेखि सम्मान गर्ने काम शुरू गरेको हो । उक्त कोषले हालसम्म निरन्तर समाजमा सामाजिक, राजनितिक, शिक्षा, सहकारीलगायतका विधामा योगदान गर्ने ब्याक्तित्वहरूलाई सम्मान गरिएको संस्थाले जनाएको छ । vlcsnap-2023-04-13-17h31m06s224

उक्त अवसर पारेर २००४ सालमा साविक राजारानी गा.वि.स.वडा नम्वर ६ हाल चौविसे गाउँपालिका वडा नम्वर ६ मा जन्म भई धनकुटा जिल्लाको चौविसे क्षेत्रको शैक्षिक विकास र उन्नयनकालागि पुर्याउनु भएको योगदानको कदर गर्दै अगम बहादुर थापालाई दोसल्ला ओढाएर नगद सहित सम्मान पत्रले सम्मान गरिएको स्व। दाहालका छोरा केदार दाहालले बताउनु भयो । उहाँले राजारानी गाविसको निर्वाचित अध्यक्ष भएको बखत कुशल अभिभावकको भुमिका निर्वाह गर्दै आर्थिक सामाजिक विकास र समाज रूपान्तरणका लागि सामाजिक संस्थाहरू मार्फत पुर्याउनु भएको योगदानको कदर गर्दै  सक्रिय दीर्घ जीवनको शुभ कामना सहित दुर्गा दाहाल ७१ औ जन्मजयन्तिको सन्दर्भमा दुर्गा दाहाल स्मृति सम्मान २०७९ बाट सम्मानित गरिएको संस्थाका अध्यक्ष कमल कुमार लामिछानेले जानकारी दिनुभयो । 

दुर्गा दाहाल स्मृति कोष व्यावस्थापन समितिको आयोजनामा भएको  कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ्गको प्रमुख आतिथ्यता एवं स्मृति कोष व्यावस्थापन समितिका अध्यक्ष कमल कुमार लामिक्षानेको अध्क्षतामा सम्पन्न कार्यक्रममा  विश्रान्ति मन्दिर व्यावस्थापन समिति उपाध्यक्ष शंकर दाहाल, महासचिव जनार्दन घिमिरे  गोठाले, पुर्व सांसद गोपाल गुरागाई, जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदी, संरक्षक मञ्जु दाहाललगायतको उपस्थिति रहेको थियो ।