धनकुटा, चैत्र २९ गते । जुनियर युवा रेडक्रस सर्कलको २६ औं जिल्ला स्तरीय गोष्ठी धनकुटामा बुधबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा अन्तरास्ट्रिय रेडक्रस अभियान, नेपाल रेडक्रस अभियान, जुनियर रेडक्रस अभियानबारे शाखाका उपसभापति ठगेन्द्र प्रसाद अधिकारी, शाखाका कोषाध्यक्ष मुकुन्द प्रसाद भण्डारी, शाखाका बरिष्ठ कर्मचारी विष्णुकृष्ण जोसिले प्रस्तुतिकरण दिनुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखा अन्तरगतका जुनियर÷युवा रेडक्रस सर्कलहरू मध्येबाट २०७८÷७९ को कार्य प्रगतिको आधारमा जुनियर÷युवा रेडक्रस सर्कल साँगुरीगढी गाउँपालिका स्थित गा्रमिण जनता माध्यमिक विद्यालय प्रथम धनकुटा नगरपालिका स्थित गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालय द्धीतीय, साँगुरीगढी गाउँपालिका स्थित जनकल्याण माध्यमिक विद्यालय तृतीय भएका छन् । 
नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाको आयोजनामा धनकुटामा सम्पन्न गोष्ठिमा नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश अध्यक्ष नरेन्द्र प्रसाद पोखरेलको प्रमुख आतिथ्यता एवं धनकुटा शाखाका सभाति छत्र कुमार श्रेष्ठलगायतले प्रथम, द्वीतीय, तृतीय विध्यालयलाई पुरस्कार सहित प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
सोहि अवसर पारेर सर्कललाई प्रभावकारी शाखा, विद्यालय प्रशासन तथा सर्कलको दायित्व विषयमा तथा बार्षिक कार्ययोजना निर्माणका विषयमा शिक्षक नायकहरुको बैठक पनि सम्पन्न गरिएको शाखा उपमन्त्री शान्तिला तामाङ्गले जानकारी दिनुभयो । 
उक्त कार्यक्रममा जिल्ला स्थित विध्यालय जुनियर÷युवा रेडक्रस सर्कलका प्रतिनिधि र शिक्षक नायक, जुनियर÷युवा रेडक्रस समिति संयोजक कल्पना राई, शिक्षा विकास तथा समन्वय ईकाइ समन्वय शाखा अधिकृत देवि प्रसाद सुवेदी, शाखाका निवर्तमान सभापति हरि कुमार राई, शाखाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।




















