इटहरी । आफनो १८औं साधारण सभाको अवसर पारेर इटहरी खानेपानी उपभोक्ता संस्थाले दुई जना कर्मचारीहरुलाई सम्मान गरेको छ ।

  उत्कृष्ट काम गरेको भन्दै इटहरी खानेपानी उपभोक्ता संस्थाले सहायक प्लम्वर भुपनारायण भण्डारी र सवारी चालक उमेश चौधरीलाई सम्मान गरेको हो ।

  संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्य रहेको साधारण सभा संस्थानका विविद्य पक्षहरु समेटेर अध्यक्षले मन्तव्य राखेका थिए । सो क्रममा खानेपानी क्षेत्रमा मुलुककै उत्कृष्ट संस्था वनाउने योजना सहित विगतका तुलनामा धेरै कामहरु गरिसकेको अध्यक्ष चौलागाईले जानकारी गराए ।WhatsApp Image 2023-04-12 at 17.46.43

इटहरी खानेपानी उपभोक्ता संस्थाले इटहरी उपमहानगरपालिकाका २० वटा वडा मध्ये १४ वटा वडामा सेवा विस्तार गरि सकेको र २२हजार घरधुरीलाई नेपाल गुणस्तरको खानेपानी उपलव्ध गराउदै आएको सो अवसरमा जानकारी गराइयो । इटहरीवासीको खानेपानीको आवश्यकतालाई मध्यनजर गर्दै इटहरी खानेपानी तथा सरसफाई आयोजनाको सम्भाव्इता अध्ययन भौतिक ,आर्थिक र सामाजिक सवेक्षण सम्पन्न भई वातावरणीय प्रभाव मुल्यांकन गरी अन्तीम प्रतिवेदन तयारीका क्रममा रहेको पनि अध्यक्ष चौलागाईले जानकारी दिए ।WhatsApp Image 2023-04-12 at 17.46.50 यो मेघा योजना सफल भए आगामी ३५ देखि ४० वर्ष सम्ममा इटहरीका २०वटै वडामा नेपाल गुणस्तरको पानी प्रयाप्त उपलव्ध गराउन सकिने समेत जनाइयो ।WhatsApp Image 2023-04-12 at 17.46.24

   साधारणर सभामा इटहरी खानेपानी उपभोक्ता संस्थाका उपभोक्ताहरुको उल्लेखिय सहभागिता रहेको थियो ।