सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा ६ मा रहेका सिद्धार्थ युवा क्लव र नागरीक समाज सुन्दरहरैचा ६ को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरीएको छ ।
सिद्धार्थ युवा क्लवका अध्यक्ष संजित राइको अध्यता तथा सुन्दरहरैचा वडा ६ का अध्यक्ष सन्तोस लिङदेनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
नयाँ वर्षको अवसर पारेर विवीध कार्यक्रमको आयोजनाको विकल्पमा सन्देशमुलक काम गरौ भन्ने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
सामाजिक कार्य मार्फत रगतको आवश्यकता परिपुर्ती गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको सिद्धार्थ युवा क्लवका अध्यक्ष संजित राईले बताएका छन ।
मोरङको ग्रामिण भेगमा पर्ने यस क्षेत्रमा अन्य समयमा विविध सामाजिक कार्य गर्दै आएपनी क्लवले रक्तदान कार्यक्रम पहिलो पटक आयोजना गरेको हो । नेपाल रेडक्रश सोसाइटी रक्त सञ्चार केन्द्र धरानको प्राविधीक सहयोग रहेको सो रक्तदान कार्यक्रमबाट ६१ पिन्ट रगत संकलन भएको क्लवका सल्लाहाकार डम्बर थापा मगरले जानकारी दिए ।
सो कार्यक्रममा नेपाली काङग्रेस सुन्दरहरैचा नगर सभापती भक्ती सिटौला,नागरिक समाज सुन्दहरैचाका अध्यक्ष ददीराम ढुङगााना लगायतको उपस्थिती रहेको थियो ।




















