इटहरी । नेपाल दशनामी समाजको छैंठौं राष्ट्रिय महाधिवेशन सुनसरीको इटहरीमा हुने भएको छ ।
छैंठौं राष्ट्यि महाधिवेशनको विषयमा जानकारी दिन इटहरीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल दशनामी समाजले छैंठौं राष्ट्यि महाधिवेशन यही चैत्र ३ र ४ गते सुनसरीको इटहरीमा हुने जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा नेपालमा दशनामी जातीको वसोवास सदियौं देखि रहेको र २०५३सालबाट संगठित हुन थालेको जानकारी गराइयो । इटहरीमा आयोजना गरिने महाधिवेशनमा नेपालका विभिन्न ६१ जिल्लाबाट दशनामी समाजमा आवद्ध दशनामीमा पर्ने गिरी,पुरी ,भारती , वन, सागर, सरस्वती ,तिर्थ , आरण्य,पर्वत,आश्रम जातीका ३सय ५० भन्दा वढी मानिसहरुको सहभागिता रहने समाजका अध्यक्ष रुद्र गिरीले पत्रकारहरुलाई जानकारी गराए ।
दशनामी समाजमा आवद्धहरु विच आपसी भाइचारको सम्वन्धलाई अझ मजवुद वनाउदै आध्यात्मिक र धार्मिक चेतनामा जोड दिदै आफना जातिय पहिचान ,संस्कार संस्कृति ,रितीरिवाज र पम्पराको आधारमा बंशावलीमा एकरुपता कायम गर्दै जातिय हक अधिकारलाई संस्थागत गर्दै अघि वढ्ने समाजको उद्धेश्य रहेको सो अवसरमा पत्रकारहरुलाई जानकारी गराइयो । कार्यक्रमको प्रमुख अतिथी प्रथम महिला जगत गुरु शंकराचार्य माता हेमानन्द गिरी रहने समेत पत्रकार सम्मेलनमा वताइयो ।




















