इटहरी । इटहरी इटहरी उपमहानगर पालिकाको आयोजनामा कर्मचारी र जनप्रतिनिधीहरुलाई उत्पन्न तनाव र व्यवस्थापन तालिम सम्पन्न गरेको छ । कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव व्यवस्थापन गर्न सिकाउने उद्देश्यले तालिम सञ्चालन गरेको हो ।
तनावपूर्ण वातावरणले कर्मचारीको निर्णय क्षमतामा असर नपरोस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको मेयर हेमकर्ण पौडेलले बताए । कर्मचारीलाई सदाचारी पेसागत जीवन बिताउनका लागि प्रेणित गर्न र कर्तव्यप्रति प्रतिबद्ध गराउन तालिम राखिएको मेयर पौडेलले बताए ।

जनता संग सिधा सम्पर्कमा रहने इटहरी उपमहानगरपालिकाका कर्मचारीलाई जनसम्प र्क कसरी बनाउने तरिका कार्यालयमा उत्पन्न हुन सक्ने द्वन्द्व र त्यसको व्यवस्थापन लगाएत तनाव रहित कार्य सन्चालन गर्ने बिषयमा सहजिकरण गराएका थिए । तालिममा उपमेयर संगिता चौधरी,प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहेता ,वडाध्यक्ष सहित कर्मचारीहरुलाई तालिम दिईएको थियो ।
जीवन विज्ञान प्रतिष्ठान कोशी प्रदेश समितिको सहकार्यमा भएको तालिम कार्यक्रममा जीवन विकास विशेषज्ञ रमेश नेपालले तनावको व्यवस्थापन कसरी गर्ने भन्ने तरिका र ज्ञानका बिषयमा सिकाईएका थिए । विशेषज्ञ नेपालले भने मानिसको स्वास्थ्य फगत शरिरसँग मात्रै जोडिएको हुँदैन मानिस पूर्णरुपमा स्वस्थ हुनको लागि शारीरिकसाथै मानसिक र सामाजिकरुपमा समेत समस्यामुक्त हुनुपर्ने चूनौतीहरुलाई सहजै सामना गर्न सक्छ र सृजनात्मक एवं उत्पादनमूलक काम गर्न प्रेरित बन्न सक्ने बिषयमा जीवन विकासका विशेषज्ञ नेपालले सहजिकरण गरेका थिए ।




















