धनकुटा । जिल्ला अस्पताल धनकुटामा तिनवर्ष अगाडी नै जडान गरिएको १० वेडको आईसियू र चार वटा भ्यान्टिलेटर अहिलेसम्म सञ्चालनमा आउन नसक्दा विरामीकोे उपचारमा समस्या भएको छ । जिल्ला अस्पताल धनकुटा सदरमुकाम स्थित बिचबजारमा रहेको छ ।
दक्ष जनशक्ति र इनिसोसोलिष्ट नहुनु आइसियु सञ्चालनमा ल्याउन नसक्नुको प्रमुख कारण रहेको छ ।
दिनहु चार पाँचजनासम्म प्रसुतीको शल्यक्रिया गराउदै आएको जिल्ला अस्पताल धनकुटामा आइसियु सञ्चालन गर्ने दक्ष जनशत्ति नहुनु विडम्बना रहेको छ । पटकपटक मन्त्रालयमा जनशक्ति मागकालागि पत्राचार गर्दापनि कुनै कार्यान्वयन नभएको अस्पतालका प्रसुती तथा स्त्री रोग विशेषज्ञ एवं मेडिकल सुपरीटेन्डेन्ट डाक्टर अमिताभ ठाकुर बताउनुहुन्छ ।
विगतमा अस्पतालमा शल्यक्रिया नहुदा नर्मल प्रसुतीमा कमी आएको थियो । हाल शल्यक्रियाबाट बच्चा निकाल्ने भएसँगै विरामीको चाप बढेको छ । फोर्ससेप लगाएर, मेसिनद्धारा, भ्याकुम लगाएर पनि वच्चा निकाल्ने गरिएको छ । यसका साथ साथै आङ झरेको पाठ्यघरको शल्यक्रिया, मेजर अपरेसनलगायतका सेवा समेत प्रदान गर्दै आएको छ ।
उक्त अस्पतालमा कोरोना संक्रमणका बखत धनकुटा जिल्ला लगायतका पुर्वी पहाडी जिल्ला तेह्थुम, भोजपुर र संखुवासभा जिल्लावासिहरुको सेवालाई मध्यनजर गर्दै मेसिन जडान गरिएको थियो ।
उक्त उपकरण विगत केहिबर्षदेखि प्रयोग विहीन अवस्थामा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोराना कहरका समयमा जिल्लाबासिहरुको स्वास्थ्य र सुविधालाई मध्यनजर गर्दै उपलब्ध गराएका यी उपकरणहरु आवश्यक जनशक्ति नहुदा प्रयोग विहीन भएका हुन् ।
लामो समयसम्म आईसियु र भ्यान्टिलेटरहरु प्रयोगमा नआउदा जिल्लाबासिहरुले दुःख पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले.जिल्ला अस्पतालमा कोभिड विरामीहरुकालागि भन्दै उक्त मेसिन पठाएको थियो ।
यसरी चार चार बर्षसम्म नचलाई उपकरण राख्दा विग्रने र खिया लाग्ने सम्भावना बढेको छ । उपकरण प्रयोगमा ल्याउन सके पुरै बिहोस गरेर गरिने शल्यक्रिया शहज हुने र भ्यान्टिलेटरमा राख्नुपर्ने विरामीलाई शहज हुनुका साथै करौडौंको उपकरण पनि प्रयोगमा आउने मेसुडाक्टर ठाकुरले जानकारी दिनुभयो ।
सो मेसिन भौतिक पुर्वाधार हुदा हुदै पनि आर्थिक र जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकिरहेका छैनन् । जसलेगर्दा आसियुमा राख्नु पर्ने विरामी धरान विराटनगर धाउनु पर्ने बाध्यता रहेको छ । पुर्वाधार, मेसिन उपलब्ध हुदा हुदै पनि कोरोना भाईरस संक्रमणका बखत बाहेक उक्त मेसिन सञ्चालनमा आएका छैनन् ।
उपकरण्हरु सञ्चालनमा आउन नसक्नुका प्रमुख कारण आवश्यक दक्ष जनशक्ति उपलब्ध नहुनु हो । १५ शैयाको जिल्ला अस्पताललाई स्तोरउन्नित गरि सय वेडको बनाउने भनि मुल्यांकन भएता पनि बजेटिङ र जनशक्ति भने १५ बेडकै रहनु अस्पतालको दुर्भाग्य रहेको डाक्टर अमिताभले गुनासो गर्नुभयो ।
ने पनि अहिले सम्म कार्यान्वयन नहुदा विरामीको चाप बढेका कारण समस्या बनेको बिरामीहरुलाई सेवा दिनकालागि भन्दै लार्खौ रकम लगाएर ल्याईएका मेसिनहरु खियाँ लागिसकेका छन् उहाँले थप्नुभयो । जडान गरिएको मेसिन सञ्चालनमा ल्याउन सके पुर्वका पहाडी जिल्लाहरु तेह्रथुम, संखुवासभा, भोजपुर, धनकुटा लगायतका विरामीहरुले समयमै शहज रुपले सेवा पाउने थिए ।
सरकारले मेसिन दिने तर मेनपावर उपलब्ध नगराउदा सेवाग्राहि मारमा परेका छन् । यतिवेला अस्पतालमा एकजना प्रसुती तथा स्त्री रोग विशेषज्ञ एवं मेडिकल सुपरीटेन्डेन्ट, कन्सल्टेन्ड एकजना र बाँकी ६ जना मेडिकल अफिसर, नर्सलगायत रहेका छन् ।




















