इटहरी । इटहरी स्थित सुनसरी सेन्ट जेभियर सेकेण्डरी इङलिस बोडिङ स्कुलले २४ औ वार्षिक खेलकुद तथा शैक्षिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ । 

शनिवार विद्यालयको प्राङगणमा आयोजित एक कार्यक्रमका बिच विद्यालयले २४ औ वाषर््िाक कार्य खेलकुद तथा शैक्षिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको हो ।

 विद्यालयका संस्थापक प्रधानाध्यापक कबिन्द्र मण्डलको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिवश पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयले वर्षभरी सञ्चालन गरेका अतिरिक्त क्रियाकलाप अन्तरगत विभिन्न खेलकुद तथा शैक्षिक कार्यक्रमका विजेता तथा उत्कृष्ट विद्यार्थीहरुलाइ प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । WhatsApp Image 2023-03-11 at 18.24.44 (1)म्यथ रेस,भलिबल,फुटबल लगायत खेलकुद गतिविधिका वीजेता तथा सरसफाइ,अनुसासन,मेहेनत लगायतका विधामा समेत विद्यार्थीहरुलाइ पुरस्कृत गरिएको हो । 

कार्यक्रममा विभिन्न जात जातिका भेषभुष सहितको सांस्कृतीक प्रस्तुती गरिनुका साथै नाटक,अभिभावक हाजिरीजवाफ लगायतका कृयाकलाप गराइएको थियो । सो अवसरमा विद्यार्थीहरुले डोडर,जेसिबी,वाटर साइकल लगायत विविध यन्त्र उपकरण सहितको विज्ञान प्रदर्शनी समेत गरेका थिए ।