इटहरी  । इटहरी ५ मा रहेकोे  मकालु इङलिस बोर्डिङ  स्कुलले वर्षभरी गराएका अतिरिक्त कृयाकलापमा सहभागी   विजेता विद्यार्थीहरुलाइ पुरस्कृत गरेको छ । विद्यालयले आफ्नो २२ औँ वार्षिक  उत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न  खेलकुद लगायतका अतिरिक्त प्रतिस्पर्धात्मक कृयाकलापका विजेता विद्यार्थीहरुलाइ प्रमाणपत्र ,मेडल बितरण  गरेको हो ।IMG_20230309_153556_1 विद्यालयले विद्यार्थीको क्षमता बिकासका लागी प्रत्येक वर्ष अतिररिक्त कृयाकलाप गराउँदै आएको बताउँदै विद्यालयका  प्राध्यापक थानेश्वर ढकाल नेल्सनले फुटबल तर्फ सिनियर र जुनियर,भलिवल,चेस, रिले रेस लगायतका विभिन्न खेलकुद कार्यक्रमका विजेता विद्यार्थीहरुलाइ विभिन्न विधाका १ हजार भन्दा बढीलाई  मेडल मार्फत पुरस्कृत गरिएको बताएका छन । 

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता चौधरीद्धारा उद्घाटन गरिएको सो कार्यक्रम भोली अभिभावक दिवस सहित सास्कृतिक कार्यक्रमका साथ सम्पन्न हुने जनाइएको छ ।