इटहरी । ११३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर नमुना चेलीबेटी आमा समुहले विविध कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।

 इटहरी १ स्थित नमुना चेलीबेटी आमा समुहले ११३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सांस्कृतीक साथै मनोरञ्जनात्मक, अन्तरक्रिया, कार्यक्रम आयोजना गरेर नारी दिवस मनाएको हो । 

संस्थाकी अध्यक्ष गितादेवी आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा बेलुन फुटाउने,म्युजिकल चेयर प्रतियोगिता लगायतका मनोरञ्जनात्मक गतिविधी गराइएको थियो भने लोक गायिका गंगा गौतमले सांगितिक प्रस्तुती मार्फत मनोरञ्जन गराएकी थिइन । यस्तै,प्रतियोगिताका विजेताहरुलाइ पुरस्कृत समेत गरिएको थियो ।WhatsApp Image 2023-03-08 at 20.04.03 (1)

 कार्यक्रममा नेपाली काङग्रेस इटहरी वडा नम्वर १ समिती सदस्य कुमुद चौधरी,विष्णुमाया नेपाली लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । 

नमुना चेलीबेटी आमा समुहले विभीन्न समयमा महिलाका क्षेत्रमा सामाजिक गतिविधीहरु आयोजना गर्दै आइरहेको अध्यक्ष आचार्य जानकारी दिइन् ।