धनकुटा । लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रवृधिमा महिला पहुँचको विस्तार भन्ने नाराका साथ
११३ औं अन्तरास्ट्रिय महिला दिवस धनकुटामा मनाउदै गर्दा धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कृषि पर्यटन प्रवद्दनमा महिला अभियान धनकुटा ६ ले भने जिल्ला अस्पताल धनकुटाका विरामिहरूको स्वास्थ्यलाभको कामना गर्दै, र जिल्ला कारागारमा कैदि जिवन विताई रहेका महिला कैदिबन्दिहरूलाई नारी दिवसको अवसरमा सुभकामना दिदै फलफुल वितरण गरेर मनाएको छ । 
नारी दिवसको अवसरमा पिडामा परेका महिला तथा स्वास्थ्य उपचार गराइराखेका महिलाहरु लाई शुभकामना दिदै महिलाहरुको सम्मान स्वरुप फलफुल वितरण गरेर नारी दिवस मनाएको आयोजक संस्थाका कोषाध्यक्ष विष्णुमाया कन्दंवा ( कविता) ले बताइन ।
उक्त फलफुल वितरण कार्यक्रममा कारागार प्रमुख शिव श्रेष्ठ, आयोजक संस्थाका प्रमुख तथ प्रतिनिधि, पत्रकार लगाएतको उपस्थितिमा वितरण गरिएको थियो ।




















