धनकुटा  । अखिल नेपाल महिला संघले विभिन्न कार्यक्रमका साथमा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । 

सामाजिक सुरक्षा र रोजगार सम्पुर्ण क्षेत्रमा समान अधिकार भन्ने नाराका साथ जिल्ला अस्पताल धनकुटाका विरामिहरूलाई अखिल नेपाल महिला संघ धनकुटाले फलफुल सहित फिल्टर वितरण गरेको छ । 334925504_1296966244232910_7760586072648183290_n

संघको आयोजनामा जिल्ला अस्पताल धनकुटाका विरामिहरूको स्वास्थ्यलाभको कामना गर्दै फलफुलका साथै अस्पतालमा आवश्यक पर्ने तातो पानी चिसो पानी उपलब्ध गराउन सकिने फिल्टर समेत वितरण गरेको अखिल नेपाल मशिला संघ  केन्द्रिय सदस्य एवं धनकुटा ईन्चार्ज सकुन्तला वस्नेतको नेतृत्वमा उक्त कार्यक्रम सम्पन्न भएको संस्थाका अध्यक्ष तारा तितुङ्गले जानकारी दिनुभयो ।