धनकुटा ।  लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रवृधिमा महिला पहुँचको विस्तार भन्ने नाराका साथ ११३ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा खुल्ला कविता  प्रतियोगिता धनकुटामा सम्पन्न भएको छ । 

धनकुटा नगरपालिकाको आयोजनामा सम्पन्न खुला कविता प्रतियोगितामा जिल्ला स्थित १६ जना कविहरूको प्रतिस्पर्धा रहेको थियो । 

धनकुटा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक उपशाखा सहायक महिला विकास निरिक्षक फुलमाया तामाङ्गले सञ्चालन गर्नु भएको उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्तवना पाँच हजार, तीनहजार, दुईहजार र एकहजार नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको थियो । 

प्रथम हुनेमा कवि अजय बुडाथोकी,कवि जगमाया मादेन दोस्रो, कवि शम्भुजित देउजा तृतिय, सान्तवना कवि गोपाल फुयल विजयी भएका छन् ।  332143365_3058513281116736_4806565233089851643_n

विजयी कविहरूलाई  जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ्ग, धनकुटा  नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापा, उपप्रमुख भिमादेवि खनाल, शिक्षा विकास समन्वय ईकाइ धनकुटाका प्रमुख मोहन राई, जिल्ला समन्वय धनकुटाका उपप्रमुख शावित्रा राईलगायतले नगद पुरस्कार सहित  प्रमाणपत्र प्रदान गर्नु भएको छ । 332529337_143271645318351_3637574587907742080_n


निर्णायक मण्डलमा हिले माध्यमिक विध्यालयका शिक्षक सुनिता लावती,  सल्लेरी साहित्य संगमका अध्यक्ष रमेशचन्द्र अधिकारी, गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयका अध्यक्ष घनश्याम बराल रहनु  भएको थियो ।  विषयवस्तु, शब्दचयन, भाव, प्रस्तुतिलगायतलाई  मुल्यांकनको  आधार बनाईएको थियो । 332792804_2054857084720538_1852911708007232809_n

सोहि अवसर पारेर स्थानीय श्रमिक महिला नरमाया श्रेष्ठलाई पुरूष सो सरह जटिल काम गर्न सफल भएको भन्दै दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरेको धनकुटा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक उपशाखा प्रमुख निरा चापागाँईले जानकारी दिनुभयो । 

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ्गको प्रमुख आतिथ्यता एवं धनकुटा नगरपालिका उपप्रमुख भिमादेवि अधिकारीको अध्यक्षतामा उक्त प्रतियोगिता सम्पन्न भएको थियो ।