धनकुटा । लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रवृधिमा महिला पहुँचको विस्तार भन्ने नाराका साथ महिला हिंसा र यसको प्रभाव विषयक जिल्ला स्तरीय महिला शिक्षकहरूको वक्तृत्वकला प्रतियोगिता सम्पन्न गर्दै धनकुटामा ११३ औं अन्तरास्ट्रिय नारी दिवस मनाएको छ ।
धनकुटा नगरपालिकाको सहयोग र महिला विभाग नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्य समिति धनकुटाको आयोजनामा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा १७ जना महिला शिक्षकहरूको सहभागिता रहेको थियो ।
उक्त वक्तृत्वकला प्रतियोगितामा गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विध्यालयका उर्मिला दाहाल प्रथम, ठाकुरदेवी माध्यमिक विध्यालयका मनकुमारी राई दोस्रो, जनकल्याण माध्यमिक विध्यालय मार्गाका पार्वता चापागाँई र ग्रामिण जनता माध्यमिक विध्यालय नाम्जेका शिक्षक टिकामाया राई तेस्रो हुनु भएको छ ।
प्रथम, दोस्रो र तेस्रो हुने विजयी प्रतियोगिहरूलाई नगद पाँचहजार, चार हजार र एकहजार पाँचसय÷ एकहजार पाँचसय नगद पुरस्कार सहित ट्रफि वितरण गरिएको थियो । 
कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिका नगरप्रमुख चिन्तन तामाङ्ग, शिक्षकलगायतले प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गर्नु भएको थियो ।
गैरसरकारी संस्थाका गिता अधिकारी, धनकुटा बहुमुखि क्याम्पसका प्राध्यापक मीन प्रसाद अधिकारी र हिले माविका क्याम्पस प्रमुख तारानाथ मिश्र निर्णायक मण्डलमा रहनु भएको थियो ।
आयोजक संस्थाका सचिव सान्तिला तामाङ्गले सञ्चालन गर्नु भएको प्रतियोगितामा सम्बोधन,विषयवस्तु, प्रस्तुतिकरण, तथ्यपरकता, बाचनको समाप्ति प्रकृयालगायतको विषयलाई छनौटको आधार बनाएर बक्तृत्वकला प्रतियोगिताका विजयि महिला शिक्षक छनौट गरिएको थियो 
नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभाग धनकुटाका प्रमुख विमला लिम्बू को अध्यक्षता एवं धनकुटा नगरपालिका नगरप्रमुख चिन्तन तामाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा नेपाल शिक्षक संघ धनकुटाका अध्पक्ष थिरेन्द्र लिम्बू, महिला शिक्षक समाजका जिल्ला अध्यक्ष शोभा दाहाल, नेपाल राष्ट्रिय शिक्षक संगठन कोशी प्रदेश सदस्य धुब्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।




















