मोरङ । फागु पुर्णीमा अर्थात होलीलाइ रंगहरुको पर्वको रुपमा लिने गरिन्छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पर्ने यस पर्वमा रिसराग त्यागी आत्मीयताका साथ साथीभाइ तथा आफन्तहरुसँग रंग दलेर होली खेल्ने गरिन्छ ।  तेस्तै  मोरङको सुन्दरहरैचा स्थित राधेश्याम सेवा ट्रस्ट नयाँ वृन्दावन गौशलाले फुलको होली खेलेर होली पर्व मनाएको छ । परापुर्वकालमा अहिलेजस्तो व्यवसायिक रुपमा रंगको उपलब्धता नहुने हुँदा होलीमा पानको पातबाट, गुलाबपत्र, सयपत्री, पालुंगो, बेसार, मेहेन्दी आदिबाट तयार पारिने प्राकृतिक रंग एकापसमा दलेर होली मनाइने गरिन्थ्यो । तर रंगको व्यवसायीकता बढ्दै गएपछी पछील्लो समय बजामा उपलब्ध रंगहरुमा अक्साइड,सल्फेट जस्ता छाला र सरिरमा असर पर्ने तत्वको मिलावट बढ्न थालेपछी मानिसमा छाला सम्बन्धी एलर्जीहरु देखा पर्ने गरेका छन । जसको विकल्पको रुपमा नयँ वृन्दावन गौशलामा फुल र गुलावजलको प्रयोग गरी होली खेलीएको हो ।WhatsApp Image 2023-03-06 at 18.36.37

 होलीको परम्परागत मौलीकता पनी जगेर्ना हुने साथै मानव शरिरमा पनी रसायनयुक्त रंगको प्रभाव नपर्ने हुदा संदेशमुलक रुपमा फुलको होली खेलीएको नयाँ वृन्दावन गौशलाका संरक्षक दिनवन्धु शास्त्रीले बताएका छन । 

सो अवसरमा बोल्दै सुन्दरहरैचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाइले वृन्दावन गौशाला नेपालमै पहिलो उदाहरण बनेको बताउँदै उक्त कार्यको निरन्तरताका लागी नगरपालिकाले रातो किताबमै उल्लेख गरेर खर्चको व्यवस्था गर्ने विस्वास व्यक्त गरे । WhatsApp Image 2023-03-06 at 18.37.16 (2)

होलीमा प्रयोग गरिने रंगहरुमा मिसाइएका रसायनीक तत्वले मानव शरीरमा पुर्याउन सक्ने असरको विकल्पको रुपमा नयाँ वृन्दावन गौशलाले विभिन्न ,सांस्कृतिक कार्यक्रम सहीत फुलको होली खेलेको हो ।IMG_20230306_131842

 राधेश्याम सेवा ट्रष्टकी अध्यक्ष गंगादेवी काफ्लेको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाइको प्रमुख आतीथ्यमा भएको कार्यक्रममा सुन्दरहरैचा वडा नम्बर ५ का वडा अध्यक्ष गणेश चौधरी,विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर पशुपती चौधरी,विश्व आदर्श एकेडेमी इटहरीका अध्यक्ष लेखनाथ घिमिरे लगायतका अतिथीहरुको उपस्थीती रहेको थियो ।