धनकुटा । तत्कालीन आहाले गाउँ पञ्चायतका प्रधानपञ्च स्वर्गीय पूर्णप्रसाद राईले स्वास्थ्य चौकी स्थापनार्थ ७ रोपनी जग्गा निःशुल्क प्रदान गर्नु भएको थियो ।

साँगुरीगढी गाउँपालिका वडा नम्वर ९ स्थित आहाले स्वास्थ्य चौकीलाई जग्गा प्रदान गर्ने स्वर्गीय राईको स्वास्थ्य चौकी परिसरमा नवनिर्मित शालिक पालिका अध्यक्ष जितेन्द्र राई र उपाध्यक्ष मुना राईले संयुक्त रूपमा अनावरण गर्नुभएको छ ।  

जग्गा दाताको सम्मान स्वरूप स्वास्थ्य चौकी परिसरभित्र पालिकाको गत आर्थिक वर्षको योजना तथा कार्यक्रममार्फत निर्माण गरिएको प्रतिमा अनावरणको अवसर पारेर जग्गादाता स्वर्गीय राईका छोरा ध्रुवदेव राई लगायत परिवारका सदस्यलाई सम्मान गरिएको साँगुरीगढी गाउँपालिकाले जनाएको छ ।