धनकुटा । “उत्पीडित र पछि परेका दलित समुदायलाई राज्यको उपस्थितिको प्रत्याभूति गराउने उद्धेश्यका साथ जिल्ला स्थित साँगुरीगढी गाउँपालिकामा कार्यरत स्वास्थ्य स्वयम सेविका र पालिकाको कार्यक्षेत्र भित्रका दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । 

पाँचजनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो सङ्ख्याभन्दा बढी भए प्रतिव्यक्ति थप बुझाउनुपर्ने सबै रकम पालिकाले तिरिदिएको छ ।

हालसम्म पालिकाले एक सय २१ दलित समुदायको,  आफ्ना पालिकामा कार्यरत ५२ महिला स्वास्थ्य स्वयंसेवीकाहरुको निःशुल्क बीमा गरिदिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशकुमार यादवले जानकारी दिनुभयो । 

उहाँका अनुसार पालिका भित्रका दश वटा वडा मध्ये वडा नं ८ बाहेकका सबै वडाका दलित परवारको बीमा गरिएको छ ।

गत साउनदेखि पालिकाले आफ्नो नीति तथा कार्यक्रममा स्वास्थ्य विमा कार्यक्रम समावेश गरेर उक्त कार्यक्रम ल्याएको पालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनु भयो ।