धनकुटा । सामाजिक सुरक्षा र रोजगार, सम्पुर्ण क्षेत्रमा समान अधिकार भन्ने नाराका साथ अखिल नेपाल महिला संघ धनकुटाको सातौं जिल्ला अधिवेशन धनकुटामा सम्पन्न भएको छ ।
उक्त अधिवेशनले अखिल नेपाल महिला संघको अध्यक्षमा तारा तितुङ्ग निर्वाचित हुनुभएको छ ।
यसका साथै सम्मेलन बाट तारातितुङ तामाङको अध्यक्षतामा ३ मनोनित सहित जम्मा ४६ जना सदस्य जिल्ला कार्यसमिति चयन भएको छ ।
उपाध्यक्षमा निर्मला इवाहाङ, रेखा चेम्जोङ, सचिव सावित्रा राई, सहसचिव गोमा कार्की, कोषाध्यक्ष सीता थापा पराजुली रहेको सम्मेलनको बन्दशस्त्र निर्वाचन मण्डल सदस्य तथा जिल्ला पार्टी उपसचिव जनसंगठन विभाग प्रमुख शिव आङलाले जानकारी दिनुभयो ।
आफुले पाएको जिम्मेवारीलाई कुशलतापुर्वक गन्तव्यमा पुर्याउने बिषयमा कहिल्यै पछि नहट्ने नवनिर्वाचित अध्यक्ष तितुङ्गले उक्त कार्यक्रममा बोल्नु हुँदै प्रतिवद्ता जनाउनु भएको छ ।




















