धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको चारसय केजि गाँजा कार्यालय परिसर मै नष्ट गरेको छ ।

गत माघ २८ गते ईलाका प्रहरी कार्यालय छिन्ताङबाट सुरक्षामा खटिएको प्रहरी गस्ति टोलीले राती गस्ति गर्ने क्रममा शहिदभूमि गाउँपालिका वडा नम्वर ४ हिले छिन्ताङ बाट कच्चि सडक हुदै हिले तर्फ जादै गरेको अवस्थामा चार सय किलो नियन्त्रणमा लिएको  गाँजा नष्ट गरिएको प्रहरी निरिक्षक ः  जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक  मानप्रसाद श्रेष्ठले बताए । vlcsnap-2023-02-28-18h42m40s146

उक्त गाँजा को.१ ज ३११८ नम्वरको पिकअप भ्यानमा  गाडिको बत्ति समेत नबाली चोर बाटो आउदै गरेको अवस्थामा वियन्त्रणमा लिई खानतलासि गर्दा गाडीको भित्र १५ वटा सेतो प्लाष्टिकको बोरामा फेला परेको चारसय किलोग्राम गाँजा नष्ट गरिएको हो ।

शहिदभूमि गाउँपालिका वडा नम्वर ४ बस्ने बर्ष ३१ का फरार चालक किरण राईलाई फागुन ३ गते सुनसरी जिल्ला स्थित ईटहरीउपमहानगरपालिका वडा नम्वर २ मा लुकि बसेको अवस्थामा पक्राउ गरि जिल्ला अदालत धनकुटाबाट म्याद थप गरि घट्ना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।