धनकुटा । जिल्ला अस्पताल धनकुटाको १०९ औं बार्षिक उत्सव सम्पन्न भएको छ । 

उक्त अवसर पारेर कार्यरत कर्मचारी सहित उत्कृष्ट सेवा प्रदान गर्ने कक्षलाई सम्मान गरिएको छ ।

जिल्ला अस्पताल धनकुटाका प्रसुती तथा स्त्रीरोग विशेषज्ञ एवं मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमिताभ ठाकुरका अनुसार आकस्मिक कक्षको सेवा उत्कृष्ट भएकाले उक्त कक्षलाई यस बर्षको उत्कृष्ट फाँटका रूपमा नगद सहित सम्मान गरेको हो । 334249639_947919202883030_3594314362732181245_n

सम्मानित हुने अस्पतालमा कार्यरत कर्मचारीहरूमा स्टाफ नर्स नविना खत्रिलाई नगद सहित  सम्मान पत्रले सम्मान गरेको छ।

सम्मनित हुने डाक्टरहरूमा प्रदिप खतिवडा, रूमीत झा, डाक्टर मनिकला राई एनथथेसिया  सहायकलगायत रहनु भएको छ । 331977921_244969957866475_6863390847931589995_n

अस्पताल सञ्चालन तथा व्यावस्थापन समिति अध्यक्ष निरेन तामाङको अध्यक्षतामा उत्सव सम्पन्न भएको जिल्ला अस्पताल धनकुटाका प्रसुती तथा स्त्रीरोग विशेषज्ञ एवं मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमिताभ ठाकुरले जानकारी दिनुभयो ।