इटहरी । प्रदेश एक तथा मधेश प्रदेश एवम निर्माण व्यवसायीहरुको क्षमता अभिबृद्धि गराउने उद्येश्य सहित सुनसरीको इटहरीमा ५ दिने पुल डिजाइन सम्बन्धी तालिमको सोमबार समापन गरिएको छ ।  पुल लगायतका भौतिक संरचना निर्माणमा एकरुपता ल्याउने उद्धेश्य सहित आयोजना गरिएको तालिममा प्रदेश एक , मधेश प्रदेशका निर्माण व्यवसायीहरु गरी ३५ जना इन्जिनियिर एवम प्राविधिकहरुको उपस्थिती रहेको थियो । सोसाइटी अफ कन्सलटिङ आर्किटेक चरल एण्ड इञ्जिनियरिङ फर्म ( स्केफ) नेपालको आयोजना तथा लोकल ब्रिज सपोर्ट युनिटको प्राविधिक सहयोगमा विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियिरहरुलाई पुल डिजाईन सम्बन्धी ५ दिने तालिम प्रदान गरिएको थियो । 

निर्माण क्षेत्रमा आबद्ध जनशक्तीहरुको ज्ञानमा एकरुपता ल्याउन साथै विभिन्न परियोजनामा संलग्न ठेकेदार कम्पनी,प्रदेश सरकार र परामर्श दातृ संस्थामा कार्यरत ईन्जिनियरहरुका लागी सो तालिम आयोजना गरिएको आयोजक स्केफ नेपालका महासचिव कमल कार्कीले बताए । WhatsApp Image 2023-02-27 at 19.01.09

प्रदेश १ भौतिक पुर्वाधार मन्त्रालयबाट १० इन्जिनियिर,प्रदेश २ भौतिक पुर्वाधार मन्त्रालयबाट १०,स्केफबाट ५,संघीय सरकारको भौतिक पुर्वाधार मन्त्रालयबाट प्रदेश १ भित्र रहेका ५ र निर्माण व्यवसाय संस्थाबाट ५ जना गरी कुल ३५ इन्जिनियिरहरु तालिममा सहभागी रहेका थिए । WhatsApp Image 2023-02-27 at 18.05.34

 तालिममा  पुलको डिजाइन,कन्क्रिटको संरचनागत विषयमा बिस्तृत जानकारी गराइएको थियो । तालिमले इन्जिनियिर संगै प्राविधिक र निर्माण व्यवसायीहरुसंग आवद्ध सबैलाइ खति आवश्यक ज्ञान बडेको निर्माण व्यवसायी संंघ प्रदेश एकका अध्यक्ष जनसेवक भण्डारीले बताए । WhatsApp Image 2023-02-27 at 18.05.36

समापन र्कायक्रमका प्रमुख अतिथी यातायात पूर्वाधार निर्देशनालय इटहरीका निमित्त महानिर्देशक जितेन्द्र्र र्कणले ५ दिने तालिम प्राविधिक तथा इन्जिनियिरहरुकालागि निकै नै फलदायी हुने बिश्वास ब्यक्त गरे । 

होटल इन टुरिस्टमा भएको समापन कार्यक्रममा सहभागीहरु लाई प्रमाण पत्र वितरण गरिएको छ ।