मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ को आयोजनामा महिलाहरुलाइ सेनेटरी प्याड बनाउने ४ दिने तालिम सम्पन्न भएको छ ।
उत्त तालिममा महिलाहरुलाइ अत्ति आवश्यक पर्ने सेनेटरी प्याड रेडिमेट प्रयोग कम गराउने साथै,घरेलु उत्पादनलाइ प्रोत्सान गर्ने उदेश्यले सुन्दरहरैचा वडा नम्बर ४ का विभिन्न टोल विकास संस्थामा आवद्ध महिलाहरु लाई आफैले उत्पादन गरेर आफै प्रयोग गर्न सकिने र ब्यवसायमा आत्मनिर्भर बन्नका लागि तालिम प्रदान गरिएको हो ।
त्यस्तै, कार्यक्रममा स्वरोजगार टे«निङ सेन्टरको प्रविधिक सहयोगमा संचालन गरेको तालिममा प्रशिक्षक रमा नेपालले तालिमको सहजिकरण गरेकी थिइन ।
उत्त तालिम समापन कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कैलाश बस्नेतले विभिन्न तालिममा सहभागि भएर सिप सिकिरहदा बहु उपयोग, व्यवहारिक रुपमा कार्यन्यन होस र व्यवहारिक सिपलाइ आफुले विस्तार गरेर ब्यवसाय तर्फ जोड दिन पनी अग्रह गरे ।
तालिममा विभिन्न टोल विकासमा आवद्ध ३० जना महिलाहरुको सहभागिता रहेको समापनको कार्यक्रममा तालिममा सहभागिहरुलाइ प्रमाणपत्र वितरण गरिएको स्वरोजगार ट्रेनिङ सेन्टरका प्रमुख टंक भण्डारीले जानकारी दिए । 
सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ का वडा सदस्य दुर्गा पोख्रेलको अध्यक्षता रहेको कार्यक्रममा वडा सचिव अनिल पोख्रेल लगायतले प्रमाण पत्र वितरण गरेका थिए ।




















