इटहरी । विभिन्न कार्यक्रम तथा प्रतियोगीताका माध्यमबाट स्थानिय खानाका परिकार प्रवर्धन गर्नुपर्ने इटहरीइमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

शनिवार इटहरी स्थित प्रिमियर होटल स्कुलले आयोजना गरेको लोकल फुड हन्ट कार्यक्रमका वक्ताहरुले नेपालका स्थानिय जातिय खानालाइ प्रवर्धन गर्दै विश्वव्यापी रुपमा परिचित गराउनुपर्ने आवश्यकता रहेको बताए  ।

 प्रिमीयर होटल स्कुलका निर्देशक शुनिल भुसालको अध्यक्षता तथा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लोकल फुड हन्टमा कलेजका होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुले झिगे माछा,घुँगी लगायत पुर्वी तराइका स्थानीय परिकार प्रदर्शन गरेका थिए ।WhatsApp Image 2023-02-25 at 18.06.08 स्थानीय खानालाइ जगेर्ना साथै प्रोत्साहन गर्न विद्यार्थीहरुले तयार गरेका १५ भन्दा बढी जातिय परिकारहरुको अतिथी सेफहरुले स्वाद परिक्षण गरेका थिए । नेपालका रैथाने परिकार प्रवर्धन गर्ने उदेश्यले सञ्चालनमा ल्याउन लागिएको कार्यक्रम सेफ नेपालका लागी देशका विभिन्न क्षेत्रका स्थानिय परिकार र तिनका महत्वलाई प्रवर्धन गर्न आफुहरुले अभियान नै चलाएको र त्यसै क्रममा इटहरी आएको  अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त मास्टर सेफ सन्तोष साहको भनाइ छ । WhatsApp Image 2023-02-25 at 18.08.36

नेपाली खानालाइ अन्तराष्ट्रीय बजारमा चिनाउन सके यसले नेपालको पर्यटन बिकासमा पनी टेवा पुग्ने सहभागी वक्ताहरुको ठहर थियो । 

कार्यक्रममा पर्यटन ब्यसायी भविस श्रेष्ठ,जिल्ला होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष तेज बहादुर पुरी, उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली लगायत विभिन्न क्षेत्रका प्रतिनीधीहरुको सहभागीता रहेको थियो ।