इटहरी । राष्ट्रिय जागृती क्लबले सन्त बहादुर डुम्जनको सभापतीत्वमा नयाँ कार्यसमिती चयन गरेको छ । इटहरी स्थित त्रियुगा होटलमा आयोजित क्लबको ३५ औँ साधारण सभा तथा अधिवेसनले सन्त बहादुर डुम्जनको सभापतीत्वमा नयाँ कार्यसमिती चयन गरेको हो । क्लबको उपसभापतीमा केशब कुमार कार्की। सचिवमा श्याम मानन्धर यस्तै उपसचिवमा नारायण ढुङगाना,कोषाध्यक्षमा अनुरोध थापा चयन भएका छन ।
सदस्यहरुमा राजकुमार भुजेल,कोविद जंग कार्की,बुद्ध तामाङ ,रबिन गौतम,विजय केसी,मन्दीप भट्टराइ बिकाश निरौला,दीपेन राइ,खेमराज कोइराला,बिक्रम घिमिरे,पुर्ण राइ सदस्यमा निर्बिरोध चयन भएका छन । बासुदेव श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा इटहरी उपमहानगरपालीका वडा नम्बर ६ का वडा अध्यक्ष दिवस पोखरेल,वडा नम्बर ९ का वडा अध्यक्ष जितेन थापा लगायतका अतिथिहरुको सहभागीता रहेको थियो । क्लबले इटहरी क्षेत्रमा खेलकुद लगायत विभीन्न सामाजिक गतीवीधीहरुमा सक्रीय रहने नवनिर्वाचित अध्यक्ष डुम्जनले प्रतीबद्धता व्यक्त गरे ।




















