इटहरी । नेपाली भाषालाई समृद्ध वनाउन नेपाल ,भारत र तेस्रो मुलुकमा बसेर पनि  साहित्य सृर्जना गर्ने सर्जकहरुको योगदान महत्वपुर्ण रहेको १ नम्बर प्रदेशका सभामुख बाबुराम गौतमले वताएका छन ।

  सुनसरीको इटहरीमा धरणीधर दाहाल स्मृति प्रतिस्ठान र इटहरी साहित्यिक समूहले संयुक्त रुपमा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्मान गर्दै सभामुख गौतमले सम्मानीत व्यक्तित्व लिलबहादुर क्षेत्री लगायतको योगदान अतुलनिय रहेको वताएका हुन ।WhatsApp Image 2023-02-17 at 17.32.58

कार्यक्रममा नेपाली साहित्यका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै स्वर्गीय धरणीधर दाहालको ९६औं जन्मजयन्तीका अवसर पारेर लिलबहादुर क्षेत्रीलाई ५० हजार रासीको धरणीधर दाहाल स्मृति पुरस्कारबाट सम्मान गरियो ।WhatsApp Image 2023-02-17 at 17.32.26 सम्मानीत क्षेत्रीको पुरस्कार तथा सम्मान छोरा पल्लव क्षेत्रीलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेशका सभामुख गौतम लगायतले प्रदान गरेका छन त्यसै गरी इटहरी निसहाय बालबालिका सेवा आश्रम सञ्चालन गरेर समाजसेवा श्रेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै आश्रम सञ्चालिका गिता गौतमलाई ३५ हजार रासीको धरणीधर दाहाल स्मृति पुरस्कार तथा सम्मान प्रदान गरियो ।WhatsApp Image 2023-02-17 at 17.32.57

इटहरी साहित्यिक समूहका अध्यक्ष हेमन्त गौतमको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा धरणीधर स्मृति प्रतिष्ठानका संयोजक ज्ञानेन्द्र दाहाल , साहित्यकारहरु प्रा.डा. बद्रीविशाल पोखरेल , शिक्षासेवी तथा साहित्यकार लेखनाथ घिमीरे , साहित्यकारहरु कृष्णविनोद लम्साल , कृष्ण अधिकारी कलाकार विक्रमश्री लगायतका अतिथीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।WhatsApp Image 2023-02-17 at 17.32.21 सोही कार्यक्रममा निसहाय बालबालिका सेवा आश्रमका तर्फबाट २५हजार रासीको  शालिग्राम सरोज सिर्जनशिल पुरस्कारबाट बरिष्ठ साहित्यकार लिलबहादुर क्षेत्रीलाई सम्ममान गरियो । सम्मानित बरिष्ठ साहित्यकार क्षेत्रीको बँसाई उपन्यास नेपालमा सर्वाधिक विक्री भएको पुस्तकमा दोस्रो पुस्तक हो । बसाईका अलावा क्षेत्रीका अन्य नेपाली भाषा साहित्यका पुस्तकहरु समेत प्रशासित भएका छन । क्षेत्री भारतको गुहावटीमा बसेर पनि नेपाली भाषा साहित्यका क्षेत्रमा सक्रिय सर्जक रुपमा परिचित छन ।