इटहरी । नेपाली साहित्यका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै बरिष्ठ साहित्यकार लिलबहादुर क्षेत्रीलाई सुनसरीको इटहरीमा सम्मान गरिने भएको छ ।
धरणीधर दाहाल स्मृति प्रतिष्ठान र इटहरी साहित्यिक समूहले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी बरिष्ठ साहित्याकार क्षेत्रीलाई नगद ५० हजार सहित यही फागुन ५ गते सम्मान गर्न लागिएको जनाइएको हो ।
पत्रकार सम्मेलन गरी बरिष्ठ साहित्यकार क्षेत्री नेपाली साहित्यका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको साथै इटहरीमा निसहाय बालबालिका सेवा आश्रम सञ्चालन गर्दै आएकी गिता गौतमलाई समाज सेवाका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको समूहका सचिव जगदीश सापकोटाले जानकारी दिए ।
इटहरी साहित्यिक समूहका सस्थापक स्वर्गीय धरणीधर दाहालको स्मृतिमा विगत १२ वर्ष देखि साहित्य ,कला तथा समाजसेवाका क्षेत्रमा विशेष योगदान पुर्याउदै आएका व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको समेत वताइयो । स्वर्गीय दाहालको छोरो तथा धरणीधर स्मृति प्रतिष्ठानका संयोजक ज्ञानेन्द्र दाहालले साहित्यका साथै समाज सेवा गर्नेहरुलाई उर्जा मिलोस भनेर सम्मान गर्ने गरिएको जानकारी दिए ।
स्वर्गीय धरणीधर दाहालले इटहरी शिक्षा, साहित्य तथा सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याई इटहरीको विकासमा योगदान पुरयाएका व्यक्तित्वका रुपमा लिइन्छ ।




















