धनकुटा । सिधुवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बार्षीक साधारण सभा सिधुवामा सम्पन्न भएको छ ।
संस्थाको आर्थिक प्रतिवेदन संस्थाका अध्यक्ष ईन्द्र कुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।
उक्त प्रतिवेदनमा कृषि विमा, उन्नत बिउ, रासायनिक मल, बिषादी लगायतका सेयर सदस्यहरूले पाउने सेवा सुबिधाहरू उपलब्ध गराउने लगायतको संस्थाको प्रतिवेदनमा उल्लेख गरि कार्यान्वयन गर्नुपर्ने सुझाव सहित संस्थाको प्रगतिको कामनाका साथ नेपाल रेडक्रस सोसाईटी उपशाखा सिधुवा सभापति निल बहादुर थापाले मनतव्यको क्रममा प्रतिवेदनमा शुधार गर्नु पर्ने सुझाव दिनुभयो ।
बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ईन्द्र कुमार श्रेष्ठको अध्यक्षता एवं छथरजोरपाटी गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष दिपक गुरूङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा छथरजोरपाटी गाउँपालिका पुर्व उपाध्यक्ष भिमकला श्रेष्ठ, सुलभ साकोसका अध्यक्ष मेघेन्द्र गुरूङ्ग, सगरमाथा दुग्ध चिसे प्रतिनिधि शेखर विष्ट, नेपाल रेडक्रस सोसाईटी उपशाखा सिधुवा सभापति निल बहादुर थापा, सिधुवा बजार व्यावस्थापन समिति प्रतिनिधि, प्रहरी चौकि सिधुवा ईन्चार्ज टिकाराम थापा लगायतको उपस्थिति रहेको थियो ।




















