इटहरी  ।  उद्योग वाणिज्य संघ इटहरीको आगामी तीन वर्षका लागि जीवन पराजुलीको अध्यक्षता रहने गरी निर्वाचित नयाँ कार्यसमितिले विजयी र्याली सहित मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

 इटहरीका उद्योगी व्यवासायीहरुको साझा संगठन उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि  शनिवार भएको मतदानबाट निर्वाचित अध्यक्ष पराजुली लगायतले मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका हुन ।

   उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्ने भन्दै तीन वटा प्यानल वनाएर चुनावी प्रतिस्पधा गरेका उद्योगी व्यवसायीहरुको नेतृत्वमा सवै प्यानलको प्रतिनिधित्व हुने गरी उमेदवारहरु विजयी भएका छन । IMG_20230213_135145_1

विजयीहुने हरुमा महिला सदस्य सबिना कोइराला (शोभा) र मीना ढकाल उद्योगतर्फ भने अभिषेक बस्नेत राजेन्द्र केशरी घिमिरे,  विष्णु नारायण डाँगी र दिलीप पराजुली विजयी भएका छन भने वस्तुगततर्फ विनोद पौडेल  र उमानाथ दाहाल विजय भए वाणिज्यतर्फ भने सिनेट रिजाल, राकेश श्रेष्ठ, ध्रुव अधिकारी, बलबहादुर न्यौपाने, सञ्जय शाह, अशोक अग्रवाल, शन्नी चौधरी, सुरेश कार्की र ढुण्डीराज गुरागाई मतसहित वाणिज्य सदस्यमा निर्वाचित भएका छन् । 

यसअघि एसोसिएटतर्फ राजीव घिमिरे निर्विरोध निर्वाचित भइसकेको पनी निर्वाचन समितीले जानकारी दिए ।IMG_20230213_135226

चुनावी परिणाम सार्वजनिक भएपछि निर्वाचित उद्योगी व्यवसायीहरुले विजय र्याली निकाल्नुका साथै मत माग्न उद्योग तथा व्यापारी प्रतिस्ठानमा पुगेझै गरी मतदातालाई धन्यवाद दिएको छ । 

सो अवसरमा नव निर्वाचित अध्यक्ष पराजुलीले युवा व्यवसायीहरु नेतृत्वमा आएका कारण व्यवसायीहरुका हकहितका क्षेत्रमा महत्वपुर्ण काम गर्ने प्रतितिक्रिया दिएका छन ।

पछिल्लो समयमा पार्किग , कर , तथा वैक व्याज लगायतका विषयलाई नेतृत्वले प्राथमिकतामा राखेर उद्योगी व्यवसायीहरुको हकहितका क्षेत्रमा काम गर्नु पर्नेमा इटहरीका उद्योगी व्यवासायीहरुले जोड दिदै आएका छन ।