धनकुटा । मित्र राष्ट्र टर्कीमा माघ २३ गते गएको विनासकारी भुकम्प प्रभावितहरूकालागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाको ४० औं बार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा हलमा उपस्थित रेडक्रसकर्मीहरूले नगद संकलन गरेका छन् ।
उक्त रकम संकलनका लागि अधिबेसनमा बोल्नु हुँदै शाखाका सभापति हरि कुमार राईले प्रस्ताव प्रस्तुत गर्नु भएको उक्त प्रस्तावमा सहभागिहरुले अनुमोदन गरे सँगै राईले नगद संकलन अभियान आफै बाट शुरू गर्नु भएको हो ।
जिल्ला प्रशासन कार्यालय धनकुटा, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय मार्फत भुकम्प प्रभावितहरूलाई राहात स्वरूप कार्यक्रममै जम्मा भएको नगद १५ हजार २४५ रूपियाँ सहयोग संकलन रकम टर्की पठाउने निर्णय गरिको हो ।




















