सुनसरी  । जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठ,  श्रीराम तारकव्रह्म पीठ चतराको आयोजनामा पीठका पीठाधिस स्वामी रामकष्णाचार्य महायोगी सिद्धबाबाको जन्मोत्सवको अवसर पारेर दुई दिवसीय कार्यक्रम आयोजना गरि मनाएको छ ।

पीठाधिस सिद्धबाबाको जन्मोत्सवको अवसर पारेर रामार्चन महायज्ञ लगायतका कार्यक्रम गरि मनाएको जनाइएको हो ।

  जन्मोत्सवको अवसरमा रामार्चन महायज्ञ, रक्तदान कार्यक्रम, छात्रवृत्ती कार्यक्रम , निशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु आयोजना गरिएको  श्रीराम तारकव्रह्म पीठका आकास शर्माले जानकारी दिए ।IMG_1619

सिद्धबाबाको जन्मोत्सव मनाउन देशविदेशबाट मानिसहरु आएको वताउदै उपचार लगायतका सामाजिक कार्य गरेर सामाजिक कार्य गर्न उत्प्रेरणा जगाउने काम पीठले गर्दै आएको समेत कार्यक्रममा सहभागी हुन  गण्डकी प्रदेशबाट आएका   काग्रेस नेता समेत रहेका शुक्रराज शात्री वताउछन  विश्वमै दोस्रो पटक तारकब्रह्म महायज्ञ आयोजना सिद्धबाबाको संकल्पमा गरिएको पावन तिर्थ स्थल समेत भएका कारण धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भईरहेको पीठका महासचिव विनोद गुरागाई वताउछन ।IMG_1585

जन्मोत्सव कार्यक्रममा सहभागी हुन धनुषाको जनकपुरधामबाट ठुलो संख्यामा साधुसन्तहरु समेत आएको जानकारी गराइयो । चतरामा विभिन्न समयमा आयोजना गरिएदै आएका धार्मिक कार्यहरुले धार्मिक पर्यटकीय गतिविधि वढाउदै आएको छ ।