धनकुटा । पराेपकारकाे शक्तिमा विश्वास भन्ने नाराका साथ अगाडि बढेकाे नेपाल रेडक्रस साेसाइटी धनकुटा जिल्ला शाखाकाे ४० औं बार्षिक साधारण सभाकाे अधिवेशन धनकुटा स्थित जिल्ला समन्वय समितिकाे हलमा सम्पन्न भएकाे छ ।
लडाईकाे मैदानबाट श्रृजना भएकाे रेडक्रस एकसय बर्ष पछि मात्र नेपालमा स्थापना भएकाे थियाे । विक्रम सम्वत् २०२० सालमा सरनार्थीहरूलाई व्यावस्थापन गर्न रेडक्रसकाे स्थापना भएकाे जिल्ला शाखाका सभापति हरि कुमार राईले जानकारी दिनुभयाे ।
विपद्व्यावस्थापनलाई अगाडि बढाउने, स्वास्थ्य सेवा, विध्यालयहरूमा जुनियर तथा युवा रेडक्रसकाे विकासकालागि विभिन्न सर्कलहरूसँग विपद्व्यावस्थापन सम्बन्धि तालिम दिने, रक्त संचार सेवा, ट्रेसिङ सेवा, एम्बुलेन्स सेवा बढाउने, राष्ट्र गाेष्ठिहरूमा महिला सहभागित बढाउदै जाने, सराेकावाला निकायहरूसँग साझेदारि गर्दै रक्तदान कार्यक्रम सञ्चालन गर्ने, व्लट बैंककाे सम्भाव्यता अध्ययन गरिनेलगायतका आगामि याेजना उल्लेखित सांगाठानिक प्रतिवेदन जिल्ला शाखाका मन्त्री छत्र कुमार श्रेष्ठले र आर्थिक प्रतिवेदन शाखाका काेषाध्यक्ष मुकुन्द भण्डारीले प्रस्तुत गर्नुभयाे । 
यस शाखाले यस आर्थिक बर्षमा विपद व्यावस्थापनमा ५ परिवार बर्षादमा, २४ परिवार अागलागिमा, ९ परिवार हावाहुरीमा, गरि ३८ घरपरिवारलाई ३८ सेट राहात सामाग्रि वितरण कृत्रिम घट्ना अभ्यासलगायतका कार्य गर्दै अाएकाे संस्थाका सभापति हरि कुमार राईले बतअउनु भयाे ।
३२८८ जना सदस्य रहेकाे यस संस्थाले जिल्लामा आईपर्ने विपद् व्यावस्थापनमा महत्वपुर्ण भुमिका खेल्दै आएकाे छ ।
विभिन्न विपद्हरूमा रेडक्रस अगाडि पुग्ने गरेकाले मानव जातिकाे उदारका साथै जाेखिम कम हुने हुँदा नेपाल रेडक्रस जनताकाे मनमा वस्न सफल भएकाे प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ्गले जानकारी दिनुभयाे ।
अधिवेसनकाे अवसर पारेर विगतमा रक्तदान गर्नु हुने जिल्ला स्थित विभिन्न संघसंस्थाहरूलाई आयाेजक संस्थाका सभापति हरि कुमार राई, प्रमुख अतिथि, विशेष अतिथिलगायतले कदर पत्र र उत्कृष्ट काम गर्ने रेडक्रस उपशाखाहरूलाई सम्मान गरिएकाे छ । सम्मानित हुने उपशाखाहरूमा डाँडाबजार उपशाखा पहिलाे, माैनाबुधुक उपशाखा दाेस्राे र चानुवा उपशाखा तेस्राे भएका थिए । पहिलाे, दाेस्राे र तेस्राे हुने उपशाखालाई सम्मान पत्र प्रदान गरिएकाे थियाे ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ्गकाे प्रमुख आतिथ्यता एवं नेपाल रेडक्रस साेसाइटी धनकुटा जिल्ला शाखा सभापति हरि कुमार राईकाे अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे । शाखाका उपमन्त्री शान्तिला तामाङ्गले संचालन गर्नुभएकाे कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी १ नम्वर प्रदेश अध्यक्ष नरेन्द्र पाेखरेल, जिल्ला शाखा भाेजपुरका सभापति तुल बहादुर सुब्बा, धनकुटा नगरपालिका वडा नम्वर ४ का अध्यक्ष जमशेर राई, पाख्रिबास नगरपालिका वडा नम्वर २ अध्यक्ष चुडामणि पुलामि, रेडक्रस कर्मि, सुरक्षाकर्मी लगायतकाे उपस्थिति रहेकाे थियाे ।




















