इटहरी । इटहरीका उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ इटहरीको आगामी तीन वर्षका लागि नयाँ कार्य समितिका लागि मतदान सम्पन्न भएको छ ।

     पार्किङ, कर , तथा बैंक व्याजदरलाई मुख्य चुनावी मुद्धा वनाएर  उद्योग वाणिज्य संघ इटहरीको आगामी नेतृत्वका लागि प्यानल वनाएर उद्योगी व्यवसायीहरु निर्वाचनमा होमिएका छन । भने आज मतदान कार्य सम्पन्न भएको हो ।WhatsApp Image 2023-02-11 at 16.50.47

  उद्योगी व्यवसायीको आगामी कार्यसमितिका लागि जीवन पराजुली , गायत्री भण्डारी  , रञ्जु सिग्देलले प्यानल वनाएर चुनावी प्रतिस्पर्धा गरेका छन भने मणीन्द्र बहादुर कटुवालले एकल रुपमा अध्यक्षमा निर्वाचन लडेका छन । अध्यक्षमा पाँच जनाको उमेदवारी परेपनि पछिल्लो समयमा पिताम्बर पोखरेलले जीवन पराजुली प्यानललाई समर्थन गर्दै आफनो उमेदवारीलाई निस्कृय वनाएका थिए । WhatsApp Image 2023-02-11 at 16.50.45 (1)निर्वाचनमा कार्यसमितिको  सदस्य हुदै अध्यक्ष सम्म प्रतिस्पर्धा गरेका उमेदवार र पहिलो पटक उमेदवार वनेका युवाहरु समेत निर्वाचित भएर विभिन्न जिम्मेवारी पाउने आशमा चुनावी प्रतिस्पर्धा गरिरहेका छन । मतदान कार्य  सम्पन्न भएपनि ट मत गणना कार्य भोलीबाट गरिने निर्वाचन समितिले जनाएको छ ।