इटहरी । हालसालै कार्यभार सम्हालेका इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायव उपरीक्षक मधवप्रसाद काफ्लेले लाघुऔषध नियन्त्रण तथा अपराध गतिविधी नियन्त्रणमा आफुले पहल गर्ने बताएका छन । 

शुक्रवार इटहरीमा पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा उनले इटहरी क्षेत्रमा हुने अपराधिक क्रियाकलाप न्युनिकरणका लागी आफ्नो भुमिका रहने बताएका हुन । इटहरी क्षेत्रमा पछिल्लो समय चोरीको घटना बढेको तर्फ प्रहरी प्रसासन जानकार रहेको बताउँदै उनले चोरी चकारी नियन्त्रणका लागी स्थानिय पालिकासँगको समन्वयमा ठाउँठाउँमा सी सी टी भी जडान देखी लिएर प्रहरी जनशक्तीलाइ प्रोडक्टीभ पोलिसीमा जोड दिने प्रतिबद्धता समेत व्यक्त गरे ।IMG_20230210_090227 लागुऔषध लगायत अन्य अपराधिक क्रियाकलापमा संलग्न अपराधिलाइ कानुनी दायरामा ल्याउन आफुले कुनै कसर नछाड्ने उनको प्रतिबद्धता रहेको थियो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न विद्यालयहरुमा गएर गलत क्रियाकलापलाइ नियन्त्रण गर्ने र कानुनी रुपमा दण्ड दिने कुरामा आफु पछी नहट्ने बताए । 

 इटहरीमा शान्ती सुरक्षा र अमनचयन कायम गर्न आफुले हरसम्भव प्रयास गर्ने बताउँदै उनले अपराधिक क्रियाकलापबारे पाएका जानकारी र सुचनाहरु प्रहरीसम्म पुर्याउनपनी आग्रह गरे ।